OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

सिञ्जा निवासी नवनियूक्त मन्त्री पदमबहादुर रोकाया को हुन् ?

पञ्चायत उपप्रधानपञ्च देखि मन्त्री सम्म

नेत्र शाही,माघ २३, २०७८जुम्ला,
७३२ पटक

माघ २३ गते । सिञ्जा निवासी प्रदेससभा सदस्य पदमबहादुर रोकाया कर्णाली प्रदेश सरकारको मन्त्री हुनु भएको छ ।

रोकायाले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको सपथ लिनु भएको हो । कर्णाली सरकार मन्त्रीपरिषद विस्तार गर्ने क्रममा हालको सत्ता गठवन्धनका मुख्यमन्त्री जीवन बहादुर शाहीले आइतबार नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुईरदुई र एकीकृत समाजवादीबाट एक मन्त्री नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री शाही संसदीय दलको नेता रहेको कांग्रेसबाट यज्ञबहादुर बिसी सामाजिक विकास र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा र हुम्लाका छिरिङ दमदोल लामा (कार्चेन) उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त हुनु भएको छ ।

नवनियुक्त मन्त्रीहरूले आइतबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित सामारोहमा नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । यो सँगै कर्णाली सरकारले पूर्णता पाएको छ ।

को हुन मन्त्री रोकाया :
सिञ्जा क्षेत्रबाट संघीयत पछि कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने पहिलो सांसद रोकाया पहिलो मन्त्री पनि हुने अवसर जुटेको छ । नेकपा टुटेपछि उहाँ नेकपा एकिकृत समाजवादीमा लाग्नु भएको नेता रोकाया मन्त्री हुनु भएको हो । उहाँले जनताको पक्षमा रहेर काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

वि.स २०१० साल असार १० गते कनकासुन्दरी गाउँपालिका रोकायावाडा जन्मिनु भएका मन्त्री रोकायाको पिताको नाम दत्त बहादुर रोकाया र आमाको नाम नानी रोकाया हो ।
राजनितिक क्षेत्रमा २०३६ सालमा बहुदलको पक्षमा, वि.स २०३९ सालमा गाउँ पञ्चायत पञ्चायत विरोधी गाउँपञ्चायतको जनपक्षीय उमेदवार भई सभापतिमा निर्वाचित, वि.सं २०४४ सालमा उपप्रधानपञ्च, २०४६ सालमा जुम्ला मालेको संस्थापक सदस्य भएको उहाँको व्यक्तिगत प्रोफाईलमा छ ।

यसैगरी मन्त्री रोकाया २०४७ देखी ०४९ मा नेकपा एमाले जिल्ला कमिटि सदस्य, २०४९ देखी २०६६ सम्म सचिवालय सदस्य, २०६७ देखी २०७१ सम्म जिल्ला कमिटि उपाध्यक्ष देखी २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा एमाले जुम्लाको उम्मेदवार हुनु भएको थियो ।

यसैगरी नेकपा एमाले माओवादी मिलेर बनेको नेकपा प्रदेश कमिटी सदस्य देखी २०७४ सालमा बाम गठवन्धनको तर्फवाट जुम्ला प्रदेश ( ख) सांसद निर्वाचन हुनु भएको थियो । मन्त्री रोकायाले प्रदेशमा कानून विद्यायन समिति संयोजक हुदै, सार्वजनिक लेखा समिति सदस्य र हाल एकिकृति नेकपा समाजवादीको केन्द्रीय सदस्य हुनु हुन्छ ।

यसैगरी रोकाया उहाँलाई आईतवारनै एकिकृत नेकपा समाजवादीले मन्त्री सिफारिस गरेको थियो । कर्णालीमा गठवन्धनमा यस अघि माओवादीवाट आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान बिष्ट र एकिकृत नेकपा समाजवादीबाट चन्द्रबहादुर शाही भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री हुनु भएको छ ।

प्रतिकृया दिनुहोस्