OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २३, २०७८काठमाडौं
८४१ पटक

नेत्र शाही जुम्ला,
माघ २३ गते, कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेकालाई नागरिकलाई खानेकुरा छोडेर नेपाली सेनाको हेलिकोप्टर फर्किएको छ ।
सुर्खेतबाट पठाईएको नेपाली सेनाको हेलिकोप्टरले उनिहरु रहेका तीन स्थानमा खानेकुरा फालेर हेलिकोप्टर फर्किएको छ ।

नन्द वक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार “भोकबाट बचाउन तत्काल उनीहरुलाई खानेकुरा खसालेर हेलि फिर्ता भएको छ । उहाँका अनुसार तातोपानी ८ स्थित पाटनमा गाग्रा, ऐडि ओडार र खोटेसल्लामा खानेकुरा खसालेर हेलि फिर्ता भएको हो ।

तातोपानी गाउँपालिका ८ जुम्ला टोप्ला गाउँका स्थानीय सुरतबहादुर शाही सहित चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर त्यस स्थानतिर गएर टोली कर्णालीको प्रदेश राजधानी सुर्खेतमा टोली फिर्ता भएको जानकारी दिनुभयो ।

नेपाली सेना नन्द बक्स गणका अनुसार त्यस क्षेत्रमा हिउँमा फसेका मानिसहरु ३६ जना रहेका नेपाली सेनाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले स्थानीय तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँ फसेका व्यक्तिहरुलाई खानेकुरा पठाईएको र फसेका व्यक्तिहरु सुरक्षित भएको जानकारी दिनुभयो । उहाँका अनुसार खाद्यन्न बाहिर आएर मानिसहरुले रिसिव गरेका तर हेलि भारी हिमपातले बस्न नसकेको बताउनुभयो ।

सो क्षेत्रमा खाने कुरा लिएर साथमा गएका स्थानीय सुरतबहादुर शाहीका अनुसार तातोपानी गाउँपालिका ८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओडार, खोटीसल्लामा ध्वनि ठाउँमा मानिसहरु हिउँमा फसेको बताउनुभयो । उहाँका अनुसार उनीहरु सेतक चिनी (खिरौंला) कोर्न पाटन गएका थिए ।

आफुहरु हेलिकोप्टरमा त्यहाँ गएर सुर्खेत फर्किको बताउनुभयो । उहाँले पाटनमा हेलिकोप्टर बस्न नसकेको तर तिनै स्थानमा मानिसहरु देखिएका थिए, आगो धुवाईरहेको देखिएको बताउनुभयो । हेलिले लिएको खानेकुरा दुई दिन पुग्ने अनुमान गरिएको बताउनुभयो । हेलिमा नेपाली सेना र आन्तरिक मामिला मन्त्रालयका कर्मचारी समेत घटनास्थलमा पुगेका थिए ।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले हिउँमा फसेका मानिसका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने साम्रगी जुगाड गर्न थप प्रयास भईरहेको बताउनुभयो । नेपाली सेनाका अनुसार ३६ जना मानिसहरु हिउँमा फसेका छन् ।

हिउँको चिसोले दुईको मृत्यू :
जिल्लाको तातोपानी गाउँपालिका वडा नम्बर ७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी ८ निवासी ३७ बर्षकी देवी शाहीको चिसोले कठाङ्ग्रीएर मृत्यू भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार वडा नम्बर ७ का पुरुष मुन रावत गोठालो गएको समयमा फर्किने क्रममा हिउँमा परेर मृत्यू भएको र ताम्ति ७ कि महिलाको सेतो चिनी कोर्न जादा फर्किने क्रममा वडानम्बर ८ ईमिल्चामा मृत्यू भएको जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्