OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २०, २०७८सुर्खेत
२००६ पटक

२० माघ २७०८, बिहीबार

खुला संसद सप्ताहअन्तरगत ‘म प्रदेशसभा सदस्य भए भने’ शीर्षकको वक्तित्वकला प्रतियोगितामा श्रीकृष्ण संस्कृत तथा साधारण मावि सुर्खेत प्रथम भएको छ ।

कर्णाली प्रदेशसभाको चौथो स्थापना दिवसको अवसरमा खुला संसद सप्ताहअन्तरगत आज आयोजित ‘म प्रदेशसभा सदस्य भए भने’ शीर्षकको वक्तित्वकला प्रतियोगिता श्रीकृष्ण संस्कृत तथा साधारण मावि वीरेन्द्रनगरमा अध्ययनरत छात्र विनय उपाध्याय प्रथम हुनुभएको छ । उहाँले १०० पूर्णाङकमा ७६ अङ्क प्राप्त गरी उपाध्याय प्रथम भएको प्रदेशसभा कानून अधिकृत तथा निर्णय मण्डलको अध्यक्ष मदन खड्काले जानकारी दिनुभयो ।

प्रथम हुने उपाध्यायलाई रु.१० पुरस्कार राशी रहेको कानून अधिकृत खड्काले बताउनुभयो । उहाँका अनुसार द्वितिय हुने सुर्खेत चिल्डे«न प्याराडाइजका छात्रा सावित्री भट्टराईले (७५.६६), तृतीय हुने नेपाल राष्टिय मावि सुर्खेतका छात्र शंकर आचार्यले (७५.३३), चौथो हुने जन नमूना मावि सुर्खेतका छात्रा ज्योति देवकोटा (७५) र पाँचौं हुने सिद्धापाइला इङ्लििस मिडियम स्कुल सुर्खेतका सुसान सापकोटा (७४.३३) अंक प्राप्त गरेका थिए ।

प्रतियोगितामा द्वितिय हुनेलाई नगद रु.सात हजार, तृतीय हुनेलाई रु.पाँच हजार, चौथौ र पाँचौलाई जनही दुई हजार ५०० पुरस्कार राशी रहेको कानून अधिकृत खड्काले जनाउनुभयो । सफलता हासिल गर्ने सबै छात्र छात्रालाई कर्णाली प्रदेशसभाको भोलि २१ गते मनाइने स्थापना दिवसको अवसरमा नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी, स्थापना दिवसमा सञ्चालन भएको उक्त प्रतियोगितामा छैटौं, सातौं, आठौं, नवौं र दशौं स्थान प्राप्त गर्नेहरु क्रमशः सुर्खेत एस.ओ.एस.माविका छात्रा सदिक्षा नेपाल, जन नमूना माविका छात्र नविन कँडेल, शिव माविका छात्रा सलिना विष्ट, त्रिपुरेश्वर माविका छात्र धिरेन्द्र सापकोटा र सुर्खेत होराइजन एकेडेमीका छात्र शिशिर सापकोटालाई प्रदेशसभाले सम्मान गर्ने भएको छ ।

उहाँका अनुसार संसदबारे आजका युवाहरुलाई परिचित गराउने, राजनीतिमा सक्षम नेतृत्व प्रवेशका लागि जागरुक बनाउने, सबल संसद बन्न सपना देखाउने र त्यसप्रति अहिलेदेखि जिम्मेवारी बोध गराउने उद्देश्य राखेर प्रदेशसभाले ‘म प्रदेशसभा सदस्य भए भने’ शीर्षककको वक्तित्वकला प्रतियोगिताको आयोजना गरिएका थियो । उक्त प्रतियोगितामा कर्णाली जाजरकोट, दैलेख र सुर्खेतका गरी ३० प्रतियोगीले भाग लिएको प्रदेशसभा सचिवालयले बताएको छ ।

प्रतिकृया दिनुहोस्