OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १७, २०७८सुर्खेत
६४९ पटक

१७ माघ २०७८, सोमबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषध ब्राउन सुगरसहित सुर्खेतबाट तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गुर्भाकोट नगरपालिका ८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र वडा नं. का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको हो । आज नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको सवारी बाहक म्याजिकलाई रोकी चेकजाँच गर्ने क्रममा परियार र ओलीको साथमा ३ ग्राम ४६० ग्राम ब्राउन सुगर भेटेपछि पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक जीवानन्द दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवैलाई भेरीगंगा नगरपालिका १० तोलीखोला प्रहरी चेक पोष्ट नजिकै सार्वजनिक पक्की सडक जाँच गरिएको थियो । बरामद ब्राउन सुगरसहित प्रतिवादी परियार र थापालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा राखेर अनुसन्धान थालिएको प्रहरी सहायक निरीक्षक दाहालले बताउनुभयो ।

त्यस्तै, प्रहरीले वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतका गोविन्द राईलाई पनि आजै पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतका वडाध्यक्ष रत्नबहादुर बुढा, सोही वडा निवासी बिष्णु गौतम, शिवराम चौधरी, भक्तविर चुनारा, गणेशबहादुर थापा, कमल चौधरी, बमबहादुर बिसी र नरगैया चौधरीको खेतमा थुपारी राखेको परालको थुप्रोहरुमा आगो लगाएको आरोपमा राईलाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्