OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १५, २०७८जुम्ला
४९३ पटक

१५ माघ २०७८, शनिबार

तातोपानी गाउँपालिका ६ जुम्ला निवासी पत्रकार शुभाकर विश्वकर्माले ‘क्रियाशील पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा गर्नुभएको छ । उहाँले आफ्नो स्व.बुबा दीपबहादुर विश्वकर्माको स्मृतिमा क्रियाशील पत्रकारिता पुरस्कार घोषणा गर्नु भएको हो ।

आफ्नाे बैबाहिक जीवनकाे अवसरमा जुम्लामा रहेर काम गर्ने क्रियाशील पत्रकारलाई वार्षिक रु.१० हजार पुरस्कार दिने गरी उहाँले उक्त राशी घोषणा गर्नु भएको हो । पत्रकार विश्वकर्माले नेपाल पत्रकार महासंघ जुम्लासँग समन्वय गरी महासंघको स्थापना दिवसको अवसरमा प्रदान गरिने जनाउनुभयो ।

छ वर्ष अघि पत्रकार विश्वकर्माका बुबाको अल्पआयुमै निधन भएको थियो । व्यक्तिगत रुपमा पुरस्कारको घोषणा गरेर जुम्लामा नयाँ संस्कृतिको शुरु गर्नुभएका पत्रकार विश्वकर्मा बाँकेबाट प्रकाशित मिसन टुडे दैनिक पत्रिकामा काम गर्दै आउनुभएको छ ।

उहाँको नविन कार्यमा प्रतिक्रिया दिँदै तातोपानी गाउँपालिका ६ जुम्लाका वडाध्यक्ष विशाल खड्काले स्व.पिताको स्मृतिमा गरिएको नयाँ कामका निम्ति आफ्नो तहबाट आवश्यक सहयोग हुने बताउनुभयो । । त्यसको साथै वडाध्यक्ष खड्काले पत्रकारहरुलाई निर्वाध जनताको पक्षमा रहेर कलम चलाउन अनुरोध गर्नुभयो ।

यता नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले क्रियाशील पत्रकारिता व्यक्तिले घोषणा गर्नु आफैमा सह्रानीय कार्य भएको बताउनुभयो । उहाँकाे यस कार्यले सबैलाई उत्प्रेरणा जगाएको अध्यक्ष शाही जनाउनुभयाे । । उहाँका अनुसार घोषित पुरस्कारको राशीको उहाँकै स्वामित्व रहने यद्यपि महासंघको समन्वयमा प्रदान गरिने छ ।

प्रतिकृया दिनुहोस्