OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १२, २०७८सुर्खेत
६०८ पटक

१२ माघ २०७८, बुधबार

कर्णाली प्रदेशमा बुधबार सम्पन्न भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धन दल विजयी भएका छन् ।

सत्ता गठबन्धन दलका उम्मेदवारहरुमा महिला कलस्टरमा नेपाली काङ्गे्रसबाट दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता÷अल्पसंख्यक कलस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्य कलस्टरमा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी हुनुभएको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विजयी उम्मेदवारहरुमा महिला कलस्टरतर्फ नेपाली काँग्रेसका गुरुङले दुई हजार ९७०, अपाङ्गता÷अल्पसंख्यक कलस्टरतर्फ माओवादी केन्द्रका विष्टले तीन हजार छ र खसआर्य कलस्टरतर्फ एकीकृत समाजवादीका बोहराले तीन हजार छ मतभार प्राप्त गरी विजयी हुनुभएको हो ।

त्यस्तै, प्रतिपक्षी दल नेकपा (एमाले)बाट महिला कलस्टरतर्फ गंगा महत (जुम्ला)ले एक हजार ४१६, खसआर्य कलस्टरतर्फ चुडामणि शर्मा (सुर्खेत)ले एक हजार ४१६ र अपाङ्गता÷अल्पसंख्यक कलस्टरतर्फ पदम माझी (दैलेख)ले एक हजार ३९८ मतभार प्राप्त गर्नुभएको उहाँले बताउनुभयो ।

“राष्ट्रियसभा सदस्यको आजको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कर्णाली प्रदेशसभा सदस्य सोशिला शाहीले भने मतदान गर्नुभएन,” प्रदेश निर्वाचन अधिकारी चालिसेले भन्नुभयो, “तिलागुफा नगरपालिका कालीकोटका उपप्रमुख भने करिब दुई वर्षदेखि नेपाल बाहिर हुँदा उपस्थित हुन सक्नु भएन । त्यसैले कर्णालीमा स्थानीय तहको १५६ र प्रदेशसभाको ३५ गरी कुल मतसंख्या १९१ मा १८९ खसेको थियो ।” उहाँका अनुसार स्थानीयतर्फ महिला कलस्टरमा दुईवटा र अपाङ्गतातर्फ एक मत बदर भएको छ ।

 

प्रतिकृया दिनुहोस्