OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १२, २०७८सुर्खेत
३१४ पटक

१२ माघ २०७८, बुधबार

कर्णालीमा राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । आज बिहान ९ः०० बजेदेखि शुरु भएको मतदान कार्य ठिक ३ः०० बजे सम्पन्न भएको हो ।

उक्त निर्वाचनमा ९८.९५ प्रतिशत मत खसेको निर्वाचन अधिकृत डा.राजेन्द्रकुमार आचार्यले जानकारी दिनुभयो । कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने ३५ प्रदेशसभा सदस्य मध्य एक र यहाँका ७९ स्थानीय तहका १५६ जना मध्य एक गरी दुईजना अनुपस्थित रहेको निर्वाचन अधिकृत डा.आचार्यले बताउनुभयो ।

“निर्वाचन सम्पन्नपश्चात् मतपेटिका सुरक्षित गर्ने र अन्य कागजात मिलाउने काम पुरा गरेका छौं,” उहाँले भन्नुभयो, “अब सर्वदलीय बैठक बसेर मतगणनाका विषयमा निर्णय गर्छौं ।” जतिसक्दो मतगणना कार्य छिटो शुरु गर्ने अधिकृत डा.आचार्यले जनाउनुभयो ।

कर्णालीबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य रुकुमपश्चिमका ठगेन्द्रप्रकाश पुरी (समाजवादी), हुम्लाका कविता बोगटी (एमाले) र कालिकोटका जीवन बुढा (माओवादी)को पदावधि फागुन १८ गते सकिएर रिक्त हुने तीन पदमा आज चुनाव सम्पन्न भएकाे छ । उक्त पदको निर्वाचनमा सत्ता गठबन्धन दलहरुमा नेपाली काङ्गे्रसबाट महिला कलस्टरमा दुर्गा गुरुङ (सुर्खेत), माओवादी केन्द्रबाट अपाङ्गता÷अल्पसंख्यक कलस्टरमा नरबहादुर विष्ट (सुर्खेत) र एकीकृत समाजवादीबाट खसआर्य कलस्टरमा उदय बोहरा (सल्यान) ले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै, प्रतिपक्षी दल नेकपा (एमाले)बाट खसआर्य कलस्टरमा चुडामणि शर्मा (सुर्खेत), महिलामा गंगा महत (जुम्ला) र अपांगता÷अल्पसंख्यक कलस्टरमा पदम माझी (दैलेख)को उम्मेदवारी रहेको छ । नेकपा एमालेबाट तीन र सत्ता गठबन्धन दल नेपाली काँग्रेस, नकेपा (माओवादी केन्द्र) र नेकपा (एकीककृत समाजवादी) बाट तीन गरी छ जनाको उम्मदेवारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्