OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १२, २०७८काठमाडौं
६९७ पटक

१२ माघ २०७८, बुधबार

नेपालको हालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो ।

उक्त तथ्याङ्क अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख १ हजार १६९ र पुरुष जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । विसं.२०६८ को जनगणना अनुसार नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । विभागले यस अघिको जनगणना अनुसार तुलनात्मकरुपले जनसंख्या वृद्धिदर घटेको बताएको छ । विभागका अनुसार ०७८ को जनगणनामा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । विसं.०६८ मा एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।

नक्सामा समावेश लिपुलेक, कालापानी र लिम्पियाधुराको जनगणनामा पनि लिइएको छ तर त्यसको विस्तुत विवरण आउन बाँकी रहेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो । नेपालको संविधान, २०७२ पछिको पहिलो जनगणनामा मधेश प्रदेशको जनसंख्या सबैभन्दा बढी र कर्णाली प्रदेशको जनसंख्या सबैभन्दा कम रहेको महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

यस भन्दा अघिल्लो जनगणनाको तुलनामा हाल भक्तपुरको जनसंख्यामा वृद्धिदर बढी र रामेछापको जनसंख्या वृद्धिदर कम रहेको पाईएको छ । जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणमा विसं.२०७८ भदौ ३० गतेदेखि असोज १८ गते र दोस्रो चरणमा विसं.२०७८ कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको थियो ।

प्रतिकृया दिनुहोस्