OnlinePana

आज : २०८१ माघ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ७, २०७८सुर्खेत
६६० पटक

७ माघ २०७८, शुक्रबार

विश्वव्यापी संकट बनेको कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीव्ररुपमा बढ्दै गएपछि त्यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले १९बुँदे आदेश जारी गरेको छ ।

कोभिड–१९ को संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६) को उपदफा (३) ले दिएको अधिकारी प्रयोग गरी आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार आज राति १२ः०० बजेदेखि अर्को सूचना नभएसम्म लागु हुनेगरी १९बुँदे आदेश जारी गरिएको छ ।

जारी आदेशमा सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर क्लब, जिमखाना, रंगशाला, संग्राहलय, पुस्तकालय, कभर्डहल, जात्रा, फुटसल जात्रा, महोत्सवलगायतका मानिसको भिडभाड हुने कार्यक्रम नगर्ने उल्लेख गरिएको छ । त्यस्तै, शैक्षिक संस्थाहरुमा भौतिकरुपमा तालिम केन्द्र, कोचिङ सेन्टर, कलेज, विद्यालय उपस्थिति पठनपाठन नगर्न र नगराउन आदेश दिइएको छ ।

मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बालगायतका धार्मिकस्थलहरुमा भिडभाड हुने गरी सामुहिक पूजाआजा नगर्ने, सम्बन्धित पूजारीबाट जनस्वास्थ्यका मादण्ड पालना गरी नित्य पूजा, ध्यान वा प्रार्थना मात्र गर्ने गराउने, सबै सार्वजनिकस्थलमा भौतिक दूरी कायम तथा अनिवार्य मास्क लगाउने, सार्वजनिक सेवा लिन खोप कार्ड (मोबाइलमा फोटो भएपनि) हुने गरी अनिवार्य साथमा राख्नुपर्ने आदेश गरिएको प्रजिअ रिजालले बताउनुभयो ।

“जारी गरिएका सबै आदेशहरु व्यक्ति, संस्था, समुह, क्लब तथा विभिन्न संगठनहरुले पालना गर्नु पर्नेछ,” उहाँले भन्नुभयो, “आदेशको अवज्ञा गर्ने वा कार्यान्वयनमा बाधा पुर्याउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही र सजाय हुनेछ ।” प्रजिअ रिजालले बार प्रणाली लागु गरेर प्रशासनबाट सेवा प्रवाह गर्ने तयारी गरिएको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्