OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही माघ ६, २०७८सुर्खेत,
४८९ पटक

६ माघ २०७८,  बिहीबार, मध्यपश्चिम विश्वविद्यालय अन्तरगत रहेका १० वटा आङ्गिक क्याम्पसहरुको समस्या सामाधान हल हुने बताईएको छ ।

विश्वविद्यालयले आङ्गिक क्याम्पसहरुको शैक्षिक तथा प्रशासनिक समस्याको एकीकृत रुपमा समस्या समाधान गर्ने उद्देश्यका साथ मंगलबार सुर्खेतमा सम्पन्न अन्तरक्रियाबाट यो अपेक्षा गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले दुई दिनसम्म भएको अन्तरक्रियाले आङ्गिक क्याम्पसहहरुको शैक्षिक उत्कृष्टता र स्मार्ट प्रशासनको नयाँ शुरु भएको बताउनुभयो । छलफलबाट वीरेन्द्रनगर सुर्खेतस्थित मपको स्कुल अब म्यानेज्मेन्टको सभाहालमा सम्पन्न अन्तरक्रियामा मध्यपश्चिम विश्वविद्यालयको स्थापना पश्चात समायोजन भई आएका १० वटा आङ्गिक क्याम्पसहरुका विभिन्न समस्याहरु हल गर्न शुरुवात गरेको जानकारी गरिएको छ ।

समुदायवाट आंगिकमा रुपान्तरणको प्रकृयामा घटुवा हुन गएका प्राध्यापक तथा कर्मचारीहरुको उचित व्यस्थापन, सुविधा, उपदान तथा निवृतिभरण सम्बन्धि व्यवस्था, आवश्यक जनशक्तिको उचित प्रबन्ध, विद्यार्थीको शुल्क दुई किस्तामा लिई पठन पाठन प्रकृयामा उत्साह बढाउने लगायतका विभिन्न समस्याहरुलाई समाधान गर्नका लागी कार्यकारी परिषद्बाट निर्णय गर्ने सहमती गरिएको विश्व विद्यालयले जानकारी दिएकोछ ।

उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले विश्वविद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुका विभिन्न समस्याहरुको शुक्ष्म विश्लेषण एवं गहन छलफल गरी समाधानका लागि पहिलो पटक सम्पूर्ण आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरुलाई आमन्त्रित गरी आएका सूझावको आधारमा समस्या समाधान गर्न काम अगाडि बढेको बताउनुभयो ।

उहाँले विश्वविद्यालयलाई प्रणालीगत व्यवस्थापन, चुस्त दुरुस्त प्रशासन संचालन गर्न, उत्कृष्ट शैक्षिक कार्य अगाडि बढाउन नयाँ शिरा शुरु भएको हो ।
उहाँका अनुसार आंगिक क्याम्पसमा समायोजनको समयमा प्राकृतिक न्यायको सिद्धान्त, व्यवहारिक र मानवीय संवेदनशिलतामा घटुवा गराउने र अन्यायमा परेका जनशक्तिलाई न्याय दिने काम शुरु हुने बताउनुभयो ।

उहाँले बढुवाका लागि जोड दिने तर मध्यपश्चिम विश्वविद्यालयलाई आर्थिक भार नपर्ने गरी एक्सन लिईएको छ । यस्तै उपदान पहिलो पटक व्यवस्थापन शुरुवात गरिने अर्थात कुनै क्याम्पसमा आधारभुत जनशक्ति र उनिहरुलाई चाहिने आधारभुत सेवा सुविधा आवश्यक देखेर अगाडि बढ्ने उपकुलपति डाक्टर सिंहले बताउनुभयो । यसको एउटै उद्देश्य शैक्षिक उत्कृष्टता र स्मार्ट प्रशासनका लागि अभियान थालिएको हो ।

यस कदमले क्याम्पसलाई दैनिक कार्य संचालन गर्न अत्यावश्यक पर्ने मागहरु पूर्ति गर्दै शिक्षक, कर्मचारी र विद्यार्थीको मनोबल उच्च पार्दै समग्र विश्वविद्यालयको शैक्षिक उन्नयन र सहज शैक्षिक वातावरण सिर्जना हुने विश्वास गरिएको छ ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, विभिन्न संकायका डिन, परिक्षा व्यवस्थापन कार्यालय प्रमुख, विभिन्न निर्देशनालयका कार्यकारी निर्देशक, १० वटा आंगिक क्याम्पसका क्याम्पस प्रमुख, उप–प्राध्यापक, उपकुलपति सचिवालयका सदस्य, केन्द्रीय कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो

कार्यक्रम कोभिड महामारी र यसबाट बच्नका लागि नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै २५ जना नबढ्ने गरी सामाजिक दुरी कायम तथा जनस्वास्थ्यको मापदण्ड पालना गरेर भएको जानकारी गरिएको छ । अन्तरक्रियामा जलजला बहुमुखी क्याप्पसका प्रमुख खेमबहादुर खड्काले समायोजना छुटेका बिषयहरु समेटने बिषयमा अन्तरक्रिया भएको बताउनुभयो । उहाँले कार्यकारी समितिले पास गर्ने अपेक्षा लिईएको छ ।

मध्यपश्चिम विश्वविद्यालय अन्तरगतका १० आङ्गिक क्याम्पसहरु बवई बहुमुखी क्याम्पस बर्दिया, वागेश्वरी वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट, भेरी बहुमुखी क्याम्पस गुमी सुर्खेत, जलजला बहुमुखी क्याम्पस रोल्पा, मुसीकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम, नारायण बहुमुखी क्याम्पस दैलेख, रारा बहुमुखी क्याम्पस मुगु, तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट र विद्यापुर बहुमुखी क्याम्पस सुर्खेत रहेका छन् ।

प्रतिकृया दिनुहोस्