OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीमाघ २, २०७८जुम्ला,
८५९ पटक

खलङ्गा माघ २ गते, जुम्लामा नेपाली सेनाले दोस्रो लहरको कोरोनामा मृत्यू भएका २२ जनाको शवको व्यवस्थापन गरेको छ ।

कठिन परिस्थतिमा नेपाली सेनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसियूमा उपचारको क्रममा निधन भएका कोरोना सङ्क्रमित व्यक्तिहरुको सोही समयमा शवहरुको व्यवस्थापन तथा अन्त्यष्टी गरेको छ ।

नन्दाबक्स गण जुम्लाका गाणपति रविन थापाका अनुसार जुम्ला, कालिकोट सहित विभिन्न जिल्लाबाट उपचारका लागि कर्णाली प्रतिष्ठानमा भर्ना भई ज्यान गुमाएका कोरोना सङ्क्रमितको कठिन परिस्थितिमा व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले सेनालाई दिएको जिम्मेवारी पुरा गर्दै स्वास्थ्यमापदण्ड पालना गर्दै शव व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

यस अभियानमा भने जिल्ला विपत व्यवस्थापन समिति, स्थानीय सरकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, स्थानीय नागरिक, शशस्त्र प्रहरी, नेपाल प्रहरीले पनि सहयोग गरेको उहाँको भनाई छ ।

कोरोनाको सङ्क्रमणबाट मृत्यू भएकाको जुम्ला सदरमुकामको दानसाँघु, उमगाड, नाग्म गाड लगायतका स्थानहरुमा अन्त्येष्टी गरिएको थियो । जिल्ला विपत व्यवस्थापन समितिले शव व्ययवस्थापन गर्ने स्थान छनौट समेत गरेपछि पछिल्लो समयमा केही सजिलो भएको थियो ।

एक हजार ६६ विरामी भर्ना :

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एक हजार ६६ जना कोरोना सङ्क्रमित विरामी भर्ना भएको तथ्यांक छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल रेकडर मेघराज बुढाका अनुसार दोस्रो लहरमा आ.व.०७७।०७८ मा ६८९ जना कोरोना सङ्क्रमित भर्ना भएका थिए । यसैगरी आ.व ०७८।०८९ मा २८५ जना गरी नौसय ७४ जना बिरामी भर्ना भएका छन् । यसैगरी पहिलो लहरमा ७० जना विरामी भर्ना भएका थिए । दोस्रो लहरमा २३ जनाको मृत्यू भएको र अरु सवै सन्चो भएर घर फर्किका मेडिकल रेकडर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यू हुनेमा ११ जना जुम्ला स्थायी ठेगाना भएका विरामी थिए । एक जनाको मात्रै आफन्तले शव व्यवस्थापन गरेका र वाँकी २२ जनाको सेनाले आफन्तको सहभागितामा अन्तयष्टी गरेको थियो ।

कोरोनाको शव व्यवस्थापन डेमो प्रदर्शन :

यसैगरी नेपाली सेनाले कोरोनाको समयमा गर्दै आएको काम शव व्यवस्थापनको डेमो प्रदर्शन तथा जानकारी समेत गरेको छ । सेनाले सवै प्रकारको स्वास्थ्य मापदण्ड अपनाएर शव व्यवस्थापन गर्ने जानकारी गरेको छ । त्यसका लागि फरक फरक टिम गठन गरेको हुन्छ ।

नेपाली सेना नन्दबक्स गणले भुकम्प प्रतिरोध दिवसको अवसरमा कोरोनाका विरामीको मृत्यू भएपछि गरिने शव व्यवस्थापन डेमो तथा भुईचालो गएको स्थानमा हुने आगलागीबाट हुने क्षेति कम गर्न फाईर फाईटिङ प्रतिकार्य प्रदर्शन गरेको छ । यस्तै सामुदायिक विपत व्यवस्थापन सवालको सचेतना गरेको छ । सेनाले आगामी दिनमा समेत कोरोना, भुकम्प सहितका प्रतिकार्यमा तयारी अवस्थामा रहेको जिल्ला विपत व्यवस्थापन समिति, संचार माध्याम र सुरक्षा निकायको सहभागितामा प्रदर्शन तथा जानकारी गरेको छ ।

नन्दबक्स गण जुम्लाका गणपति थापाका अनुसार कोरोनाको त्रास बढ्दै जादा भने सिमित सहभागितामा सो प्रदर्शन गरिएको छ । जिल्ला विपत व्यवस्थापन समितिलाई सेनाले जुम्लामा गर्दै आएको काम जानकारी तथा डेमो प्रर्दशन गरेको छ । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई सहित सुरक्षा निकाय र संचार माध्यामको सहभागितामा रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्