OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १, २०७८सुर्खेत
५६२ पटक

१ माघ २०७८, शनिबार

वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतस्थित बुदबुदी गाउँमा एकाघरका चारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवालय गाउँपालिका ४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पा बुढा, उनको ८ वर्षीय छोरा निरज बुढा र ९ वर्षीय चिरञ्जिवी बुढा, मृतक कल्पाको दाजुको ५ वर्षीय छोरा सम्राट बुढा घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

शनिबार बेलुका सूचना पाउने बित्तिकै त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरमा कोइला बाली झ्याल ढोका थुनेर बस्दा उनीहरुको निस्सासिएर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरी नायब उपरीक्षक घर्तीका अनुसार मृतक बुढाका श्रीमान् जाजरकोटबाट आउँदै गरेकोले मृतक चारै जनाको शव परीक्षण हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्