OnlinePana

आज : २०८१ चैत्र १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २७, २०७८
९९५ पटक

२७ पुस २०७८, मंगलबार

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्वास्थ्यतर्फ सेवा करारमा कर्मचारी लिन विज्ञापन आह्वान गरेको छ । मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विज्ञापन गरेको हो ।

कर्णाली प्रदेश सरकारको यही पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले सेवा करारमा कर्मचारी लिने निर्णय गरे बमोजिम मन्त्रालयले आज चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करारमा लिन सूचना प्रकाशित गरेको हो । मन्त्रालय मातहतका अस्पताल र स्वास्थ्य सेवा कार्यालयहरुमा रिक्त दरवन्दीमा पदपुर्ति गर्न विज्ञापन गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश अस्पताल र लोक सेवा आयोगबाट पदपूर्तिका लागि स्थायी कर्मचारी सिफारिस भई आएका स्वतः नरहने शर्त उल्लेख गरेर विज्ञापन गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँका अनुसार सेवा करारका लागि १५ दिने अवधि राखेर सूचना प्रकाशित गरिएको छ ।

मन्त्रालयले नवौ तहको चिकित्सकका लागि ५४, मेडिकल अधिकृत २० सहित आठौं तहको २१, सातौ तहका १६, स्टाफ नर्स ३८ सहित पाँचौ तहको ५० र चौथो तहका ९ जना गरी १५० चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ । माग अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीमा छनोट भई आउने कर्मचारीहरुको पारिश्रमिक तथा सेवाका शर्तहरु कर्णाली प्रदेश सरकारको नियमानुसार हुने मन्त्रालयले जनाएको छ ।

यहाँ हेर्नुहोस विज्ञापन विवरणः

  

प्रतिकृया दिनुहोस्