OnlinePana

आज : २०८२ जेठ १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २६, २०७८
५९१ पटक

२६ पुस २०७८, सोमबार

नेकपा (एमाले) जुम्लाले आठौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सुरु भएको अधिवेशनले आइतबार नेतृत्व चयन गरेको थियो ।

उक्त अधिवेशनले शान्तिलाल महतको अध्यक्षतामा पाँच पदाधिकारीसहित ७५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । उपाध्यक्षमा सुरतबहादुर शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मानबहादुर रोकाय चयन भएको नेकपा एमालेका केन्द्रीय सदस्य तथा जुम्ला जिल्ला ईञ्चार्ज रतननाथ योगीले जानकारी दिनुभयो ।

अध्यक्ष बाहेकका अन्य पदमा निर्वाचन गर्ने तयारी गरिएपनि अन्ततः सहमतिबाटै जिल्ला कार्य समिति गठन गरिएको केन्द्रीय सदस्य योगल्लिे बताउनुभयो ।

प्रतिकृया दिनुहोस्