OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,पौष २५, २०७८जुम्ला,
४३८ पटक

खलङ्गा पुस २५ गते, जुम्लाको चन्दननाथ नगरपालिका दिर्घकालिन फोहोर व्यवस्थापनमा जुटेको छ ।

स्वच्छ र सफा नगरपालिका गर्ने उद्देश्यका साथ लामो समय पछि फोहोर व्यवस्थापनमा जुटेको हो । नगरपालिकाले बर्षौ देखी थुप्रिएको सदरमुकामको फोहोर उठाउनुका साथै फोहोर फाल्ने स्थान समेत टुङ्ग्याएर पूर्वाधार तयार थालेको हो । चन्दननाथ नगरपालिका वडा नम्बर २ स्थित दुना दुनैमा डम्पिङ साईड टुंगो लागेको लामो समय भएपनि स्थानीयको केही माग भएका कारण टुंगो लागेको थिएन् । अव भने नगरपालिकाले समन्वय गरेर स्थान टुंगो लगाएको हो । नगरपालिकाले सदरमुकामबाट ६ किलोमिटर उत्तरतिर रहेको दुनादुनै भन्ने स्थानमा जग्गा छनौट गरि घेरवार समेत गरेको छ ।

डम्पिङ साईडको अवस्था बिषयमा अवलोकन गर्न चन्दननाथ नगरपालिका, संचार माध्याम तथा सरोकारवालाको टिम त्यहाँ पुगेर फर्किएको छ । वडा नम्बर २ स्थित दुना दुनैमा डम्पिङ साईड क्षेत्रका वडाअध्यक्ष धनरासी भण्डारी सहित वडानम्बर एकका अध्यक्ष जयबहादुर रावल, वडा नम्बर ३ का अध्यक्ष नन्दबहादुर बुढ्थापा र वडा नम्बर ६ का अध्यक्ष अजबहादुर रावल, प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापा, सहित सरोकारवाला निकायहरुले अवलोकन गरि फर्केका हुन् ।

डम्पिङ साईड सूचारु भए सँगै जुम्ला सदरमुकामको फोहोर उठ्न थालेको छ । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार सदरमुकामको फोहोर उठ्न थालेपछि सफा नगरको अवधारणा अगाडि सारिएको छ । चन्दननाथ नगरपालिकाले एक साता देखी फोहोर सफा अभियान देखी सरोकारवाला निकायहरु सँग छलफल अन्तरक्रिया गरेको छ । सरोकारवाला सँग अन्तरक्रिया गरेर सवैको सहकार्यमा जुम्ला सदरमुकामलाई सफा शहर र नगर बनाउन समन्वय भएको प्रशासकीय अधिकृत बुढ्थापाले जानकारी दिनुभयो । उहाँले डम्पिङ साईडमा जाने बाटो भएको तर कच्चि भएकाले पहिलो प्रथामिकता दिनुपर्ने, नगरपालिकाको साधनले गर्नुपर्ने सवै काम गर्ने बताउनुभयो ।

वडाध्यक्ष धनरासी भण्डारीका अनुसार फिल्डमा सरोकारवालाको सहभागिता दिगो फोहोर व्यस्थापनको काममा आशा जागेको बताउदै यस क्षेत्रको बाटो बनाउन प्रथामिकता दिन नगरपालिका सहित सरोकारवाला निकायले पहल गर्नुपर्ने बताउनुभयो । जुम्ला सदरमुकाम भण्डारीवाडा हुदै दुनादुनै जाने उक्त ६ किलो मिटरबाट चाक्लो बनाउन तथा कालोपत्रे बनाउन लामो समय देखी स्थानीयको माग रहेको छ ।

पछिल्लो समय फोहोर उठ्न थालेपछि नेपाली सेना, शशस्त्र प्रहरी, सरकारी कर्मचारी र सरोकारवाला निकायहरुले लगातार सरसफाई अभियान समेत थालेका छन् । हिमाली क्षेत्रकै सवै भन्दा ठूलो प्रशासन क्षेत्र र साविक कर्णालीको मुकाम समेत रहेको जुम्ला सदरमुकाम फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धित हुदै गएको थियो ।

 

प्रतिकृया दिनुहोस्