OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २०, २०७८सुर्खेत
८०७ पटक

२० पुस २०७८, मंगलबार

आसन्न माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा छ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

राष्ट्रियसभा सदस्य रुकुमपश्चिमका ठगेन्द्रप्रकाश पुरी (समाजवादी), हुम्लाका कविता बोगटी (एमाले) र कालिकोटका जीवन बुढा (माओवादी)को पदावधि फागुन १८ गते सकिएर रिक्त हुने तीन पदका लागि यहाँका चार दलका छ उम्मदेवारले आफ्नो मनोनयन दर्ता गरेका हुन् ।

कर्णाली प्रदेशका राजधानी वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय आज चार राजनीतिक दलका तर्फबाट छ जना उम्मेदवारको मनोनयन दर्ता भएको हो । सत्ता गठबन्धन दलहरु नेपाली कांगे्रस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवारहरु एकैसाथ पुगेका थिए । सत्ता गठबन्धन दलहरुले रिक्त तीन सदस्यका लागि तालमेल गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार नेपाली काङ्गे्रसबाट महिला कलस्टरमा दुर्गा गुरुङ (सुर्खेत), माओवादी केन्द्रबाट अपाङ्गता÷अल्पसंख्यक कलस्टरमा नरबहादुर विष्ट (सुर्खेत) र एकीकृत समाजवादीबाट खसआर्य कलस्टरमा उदय बोहरा (सल्यान) ले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

त्यस्तै, प्रतिपक्षी दल नेकपा (एमाले)बाट खसआर्य कलस्टरमा चुडामणि शर्मा (सुर्खेत), महिलामा गंगा महत (जुम्ला) र अपांगता÷अल्पसंख्यक कलस्टरमा पदम माझी (दैलेख)ले मनोनयन दर्ता गर्नुभएको छ । काँग्रेसबाट महिला कलस्टरमा मनोनयन दर्ता गर्नुभएकी राष्ट्रियसभा सदस्यका उम्मेदवार वीरेन्द्रनगर १ निवासी गुरुङ तत्कालिन् सशस्त्र द्वन्द्वका क्रममा मारिएका कांगे्रस कार्यकर्ता यज्ञबहादुर गुरुङकी धर्मपत्नी हुनुहुन्छ ।

माओवादी केन्द्रबाट अपांगता कलस्टरबाट उम्मेदवारी दिनुभएका विष्ट पहिलो संविधानसभाको सदस्य र हाल उक्त पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । खस आर्यतर्फ उम्मेदवारी दिनुभएका बोहरा सल्यानका पूर्व जिल्ला विकास समिति सभापति र एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । त्यस्तै, एमालेबाट उम्मेदवारी दिएका शर्मा र माझी पार्टीको प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने महत पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्छ ।

महत जुम्लाका एमालेका तत्कालीन् नेता तथा पूर्व शान्ति राज्यमन्त्री स्वर्गीय डिल्लीबहादुर महतकी धर्मपत्नी हुनुहुन्छ । आज दर्ता भएका मनोनयन उपर छानबिन, दावी विरोध लगायतका प्रक्रिया पुरा गरेर पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने कर्णाली प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

कर्णालीमा कुन दलको मतभार कति ?

राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानूनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षलाई मात्र मताधिकार छ । कर्णालीमा हाल स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य ३५ गरी १९१ जना मतदाता छन् । प्रदेशसभाका एक सदस्य बराबर ४८ र स्थानीय तहकाप्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षको एक बराबर १८ मतभार कायम छ ।

यसले हिसाबले राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेशसभा सदस्यहरुको कुल मतभार एक हजार ६८० रहेको छ । त्यस्तै, थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षहरुको कुल मतभार दुई हजार ८०८ रहेको छ ।

राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र)सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख÷उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् । माओवादीबाट स्थानीय तह जितेका मतदाताहरुको मतभार ९३६ र प्रदेशसभा सदस्यको मतभार ५७६ गरी एकहजार ५१२ मत छ ।

नेकपा (एमाले) का स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । जसमा स्थानीय तहमा एमालेको ८१० र प्रदेशसभा सदस्यबाट ६२४ मत हुन आउँछ । यो भनेको एमालेको कूल एकहजार ४३४ मत हो ।

नेपाली काङ्ग्रेससंग स्थानीय तहका प्रमुख÷उपप्रमुखको ४० र प्रदेशसभा सदस्यको छ रहेको छ । यस हिसाबले प्रमुख÷उपप्रमुखको मतभार ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ । एमाले विभाजनपछि बनेको नेकपा (एकिकृत समाजवादी) मा स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १३ र प्रदेशसभामा तीनजना सदस्य छन् ।

उनीहरुको स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।

सत्ता साझेदार दल जीत हुनेमा ढुक्क

आसन्न माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णालीमा सत्ता साझेदार दल जित हुनेमा ढुक्क देखिएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान गर्नका लागि प्रतिपक्षी दल नेकपा एमालेसँग प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु गरेर एकहजार ४३४ मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग मात्र ४८ मत छ ।

त्यस्तै, सत्ता साझेदार दल मध्य नेकपा (माओवादी केन्द्र)को प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु गरेर एकहजार ५१२, काँगे्रसको एक हजार आठ र नेकपा (एकीकृत समाजवादी)को ३७८ मत रहेको छ । गठबन्धन भित्रका तीनै दलको मत जोड्दा दुई हजार ८९८ हुन्छ ।

नेकपा एमाले भन्दा करिब शतप्रतिशत मत बढी भएकोले सत्ता गठबन्धन दलको जीत सुनिश्चित रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभयो । प्रतिद्वन्द्वीलाई कमजोर ठान्न नहुँदै प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले जीत सुनिश्चितका लागि सत्ता गठबन्धन दलका मतदाताहरुलाई इमान्दारिताका साथ निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्