OnlinePana

आज : २०८२ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २०, २०७८
१४२७ पटक

२० पुस २०७८, मंगलबार

जुम्लाको तिला गाउँपालिका ४ नम्बरको वडापालिकाको कार्यालयमा अज्ञात समुहले तोडफोड गरेको छ । अज्ञात समुहले यही पुस १२ गते रातिको समयमा तोडफोड गरेको हो ।

कार्यालयको मूल ढोकाको कब्जा फोडेर वडा कार्यालयमा रहेका डेस्कटप कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनलगायत विद्युतीय सामग्री र टेबल तोडफोड गरेर पूर्णरुपले क्षति पुर्याएको वडाध्यक्ष सन्तबहादुर शाहीले जानकारी दिनुभयो । अध्यक्ष शाहीका अनुसार तोडफोडबाट करिब रु.२० लाख क्षति भएको छ ।

“वडा कार्यालयमा राति कुन समयमा, कसले, किन ग¥यो ? त्यो जानकारी हुन सकेको छैन,” वडाध्यक्ष शाहीले भन्नुभयो, “दोषी आवश्यक अनुसन्धान गरी कानूनी दायरामा ल्याउन प्रहरीलाई अनुरोध गरेका छौं ।”

तिला गाउँपालिका कुडारीस्थित प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक बुद्धि साउदले फोटोकपी मेसिन दुई थान, प्रिन्टर मेसिन, डेस्कटप कम्प्युटर, साउण्ड बक्स, प्रोजेक्टर र मिटर बक्स एक÷एक थान र दुईवटा टेबल तोडफोड गरी पूर्णरुपमा क्षति पु¥याएको बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयमा महत्वपूर्ण सबै कागजपत्र पनि काम नलाग्ने गरी च्यातिएको र स्वास्थ्य शाखमा रहेको औषधिमा पनि क्षति पु¥याइएको छ ।

घटनामा संलग्नहरुको आवश्यक अनुसन्धान भइरहेको छ । “दोषी पत्ता लगाउन कल डिटेलका लागि हामीले केही शंकास्पद व्यक्तिका मोबाइल नम्बर लिएर अनुसन्धान गरिरहेका छौं” प्रहरी सहायक निरीक्षक साउदले भन्नुभयो, “जिल्ला प्रहरी कार्यालय जुम्लाको अनुसन्धान टोली बेलाएर भएपनि दोषी पत्ता लगाउँछौं ।”

 

प्रतिकृया दिनुहोस्