OnlinePana

आज : २०८३ जेठ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १९, २०७८सुर्खेत
६६२ पटक

१९ पुस २०७८, सोमबार

कर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेसमा प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हाँसिल गर्ने सुनमाया बुढालाई रु.दुई लाख ५० हजार पुरस्कार दिने निर्णय गरेको छ ।

एशियाको सबैभन्दा लामो ११० किलोमिटर अल्ट्रा ट्रेल रेसमा प्रतियोगतामा महिलातर्फ प्रथम र समग्र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गर्ने बुढा जुम्ला पातारासी गाउँपालिका निवासी हुनुहुन्छ । बुढाले थाइल्याण्डमा आयोजित उक्त प्रतियोगितामा दुई हजार प्रतियोगीलाई पछि पार्दै प्रथम हुनुभएको थियो । आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक तथा मुख्यमन्त्री जीवनबहादुर शाही अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद् बैठकले प्रोत्साहन स्वरुप रु.दुई लाख पुरस्कार दिने निर्णय गरेको हो ।

उक्त बैठकले बन्दै गरेको प्रदेश रंगशालामा नेपालकै पहिलो भलिबलको कवर्ड हल निर्माण गर्ने र हालै बंगलादेशमा सम्पन्न भलिबल प्रतियोगीतामा प्रथम स्थान हासिल गरेको नेपाली महिला भलिबल प्रतियोगीताकी खेलाडी जाजरकोटकी कामना विष्टलाई रु.५० हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकमा मुख्यमन्त्री शाहीले प्रदेश रंगशाला निर्माण नहुँदासम्म वीरेन्द्रनगरस्थित कालिञ्चोक मैदानलाई वैकल्पिक खेलकुद मैदानका रुपमा प्रयोग गर्न र प्रदेश गौरवको एकमात्र आयोजनालाई समयमै निर्माण पुरा हुने गरी कार्ययाोजनासहित काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले मंसिर २० गते शिलान्यास गरिएको प्रदेश रंगशाला निर्माणको प्रगतिका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएको बताउनुभयो । सदस्य–सचिव सञ्ज्यालले रंगशालाको निर्माण कार्य शुरु भएको २८ दिनको अवधिमा माटो परीक्षण, डिप बोरिङ, विद्युत टान्सफर्मर राख्ने र साईट घेरबारको काम भईरहेको जनाउनुभयो । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्