OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ११, २०७८काठमाडौं
६६४ पटक

११ पुस २०७८, आईतबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाले (प्रचण्ड)ले माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन राष्ट्रिय बहस बनेको बताउनुभएको छ । महाधिवेशनलाई सम्बोधन गदैृ अध्यक्ष प्रचण्डले मुलुको समृद्धि र विकास निर्माणका सवालमा अत्यन्तै महत्वपूर्ण सवालहरु उठान भएको बताउनुभयो ।

उहाँले माओवादी केन्द्रको आठौ. महाधिवेशनलाई सम्बोधन गनै सबै नेतृत्वले ईमान्दारितपूर्वक आफ्ना मनकै कुरा गर्नुभएको प्रतिक्रिया दिनुभयो । बेग्लै विचार भएपनि राष्ट्रियता र समग्र नेताको मन्तव्यलाई अध्यक्ष प्रचण्डले संश्लेषित ढंगबाट सम्बोधन गर्नुभयो । उहाँले यो महाधिवेशन ठूलो ऐतिहासिक उपलब्धिका रुपमा लिएको बताउनुभयो ।

यो महाधिवेशनमा हामी रणनीतिक कार्य दिशामा कहाँ चुक्यौं ? त्यसको आत्मसमीक्षा गर्ने गर्छौं । म भित्र भएका कुरालाई मनन गरेर कमजोरी सच्याउँदै आफैलाई चिरफार गर्नेछु । हामीले गम्भीर आत्मसमीक्षा गर्ने र जनता र राष्ट्रिय वृहत्तर हितमा सबैले समर्पित भएर लाग्नुपर्ने बेला पनि आएको, अध्यक्ष प्रचण्डले भन्नुभयो ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलेको भनाईमा सहमति जनाउँदै उहाँले भन्नुभयो, महासचिव शंकर कमरेडेले गरेको सबैभन्दा मन परेको कुरा के थियो भने हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं । हामीले यो देशलाई स्थायित्व र समाजवादतर्फ लैजाने उद्देश्यले काम गरेका थियौं । नेकपा जोगाउन हामीले सकेनौ त पनि त्यो विषयमा हामी आत्मसमीक्षा गरौं । आठौं महाधिवेशनलाई देशकै महाधिवेशन बनाऔं ।

उहाँले यो महाधिवेशन नयाँ प्रतिवद्धता दिने महाधिवेशन बन्ने जनाउँदै जनतासँग कमजो भएको सम्बन्धलाई पनि बलियो बनाउने बताउनुभयो । युद्धकालीन अवस्थामा पनि शेरबहादुर देउवाले आफूलाई बहादुर नेताको संज्ञा दिनुका साथै इतिहासका खास खास मोडमा सजिलै भने पनि ठूलो स्टेमन्ट दिएको उहाँको भनाई थियो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, शेरबहादुरजीले बडो ईमान्दारका साथ आजको परिवर्तनमा माओवादी र प्रचण्डको भूमिका ठूलो थियो । गठबन्धन चुनावसम्म जान्छ । देख्दा सरल लागेपनि देउवाजीको भनाईले ठूलो महत्व राख्दछ ।

उहाँले यो महाधिवेशनमा अन्तरािष्ट्रय परिस्थित, अर्थतन्त्रको उत्पादक क्षमता के कस्तो हुँदैछ भन्ने कुराको गम्भीर ढंगले आत्मसमीक्षा गर्ने बताउनुभयो । नेपालको वर्तमान परिस्थितिका् विश्लेष्ण गरेर निष्कर्ष दिन खोजिएको बताउँदै अध्यक्ष प्रचण्डले डिजिटलको युगसम्म आउँदा विज्ञानको विकास, विश्व राजनीति अर्थतन्त्र र मानिसमा के प्रभाव परेको छ भन्ने बहस, राजनीतिक भूमण्डलीकृतले समाजवाद कत्तिको आवश्यक छ भन्ने छ भन्ने विषयमा पनि व्यापक छलफल हृने उहाँको भनाई थियो ।

हामी अबको कार्यदिशा अन्तरगत समाजवादोन्मुख हुँदै समृद्धिको दिशातर्फ देश र जनतालाई लैजान र उत्पीडित जातिहरुको संरक्षण, अहिले विश्वव्यापी रुपमा उठेको सवाल पर्यावरण, जलवायु परिवर्तन, समुद्री सतह बढ्ने, समुद्र भित्रका थुप्रै नश्लका विषयमा र विश्वव्यापी रोगको आक्रमण, हाम्रो खाद्य संस्कृति लवाइ खवाई र पर्यावरणको खतरा रोक्न विश्वव्यापी अभियानलाई कसरी छेड्न सकिन्छ त भन्ने विषय मिश्रित एजेण्डा र पूजीवादी अर्थतन्त्रले पारेका प्रभावबारे पनि महाधिवेशन छलफल हुने उहाँको भनाई थियो ।

महाधिवेशनबाट जनतासँग जोडिने, विकास र समृद्धिमा सहयोग पुग्ने गरी उत्पादन, श्रम र साँस्कृतिक विकास हुने गरी भ्रुण दिने कोशिश गरिएको उहाँले बताउनुभयो । नेपाली काँग्रेसका सभापति एवं प्रधानमनन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका महासचिव शंंकर पोखरेल, राष्ट्रिय जनमोर्चा पार्टीका उपाध्यक्ष दुर्गा पौड्याल, लोकतान्त्रिक समाजवादीका नेता अनिल झा, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेकपा मालेका महासचिव सिपी मैनाली र राप्रपाका महामन्त्री कुन्ती शाहीलगायतले महाधिवेशनलाई सम्बोधन गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्