OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ११, २०७८काठमाडौं
४७४ पटक

११ पुस २०७८, आईतबार

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन भइरहेको महाधिवेशनको उद्घाटन सत्रमा आइतबार विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएका छन् ।

महाधिवेशनमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमनन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका महासचिव शंंकर पोखरेल, राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौड्याल, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, लोकतान्त्रिक समाजवादीका नेता अनिल झा, नेकपा मालेका महासचिव सिपी मैनाली र राप्रपाका महामन्त्री कुन्ती शाहीलगायतको सहभागी हुनुभएको छ ।

महाधिवेशनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ । । महाधिवेशन ५ दिनसम्म चल्ने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

अहिले देशभरको प्रतिनिधिहरु प्रज्ञा प्रतिष्ठानको भवनका सहभागी भएका छन् । अतिथिहरु मञ्चको पछिल्लो लहरमा बसिरहेका छन्  महाधिवेशनको लाईभ प्रसारण भईरहेको छ । डबलीको डिजिटल पर्दामा झाँकी, शुभेच्छुक र समर्थकहरु भित्रका गतिविधिहरु नियालिरहेका छन् ।

महाधिवेशन उद्घाटका लागि तयारी कार्य पूर्ण भएको माओवादी केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त महाधिवेशनमा मनोनितसहित प्रतिनिधि एक हजार ६०० को हाराहारिमा रहने छन् ।

प्रतिकृया दिनुहोस्