OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,पौष ९, २०७८जुम्ला,
६९९ पटक

पुस ९ गते, जुम्लामा माईनस डिग्रीको चिासोमा ओडारमै बसेका चेते कुलाललाई राहत दिइएको छ । १५ वर्ष देखी ओडारमौ बास बसेका कुलाललाई न्यानो कपडा ,आवश्यक खाद्यन्न दिइएको हो ।

स्थानीय प्रशासन, स्थानीय वडासरकार सहित सरोकारवाला निकायहरु स्थलमा गएर राहात प्रदान गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई, शशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठ, नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, आईएनएफ नेपाल, अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्ला अध्यक्ष नन्दराज धिताल सहितका सरोकारवाला निकायहरुले स्थलमा पुगेर राहात प्रदान गरिएको छ ।

सिविएम नेपालको आर्थिक सहयोगमा आईएनएफ नेपालले चामल, खाद्यन्न, कम्बल, दाल, तेल लगायतका सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक फालुराम चौधरीले जानकारी दिनुभयो ।
कुलाललाई वेलुकी रात पर्ने बित्तिकै कसरी न्यानो गर्ने चिन्ता छ भने, विहान उठ्न बितिकै केले भोक मेटाउने भन्ने चिन्ता छ ।यस्ता न्युनआए भएका ब्यक्तिका लागी स्थानीय सरकाले दिगो ब्यवस्थापनको लागी कुनै पहल गरेको पाइर्दैन ।

चन्दनननाथ नगरपालिका वडा नम्बर १ स्थित कुलालवाडाका अन्दाजी ५६ वर्षय चेते कुलालको १५ वर्ष देखी ओडारमै बास छ । चेते कुलाल घरवार बिहिन ब्यक्ति, हुन । उनी संग सम्पतिको नामा फाटो कम्बल थियो । उनी बिहान वेलुकका छाक टार्नका लागी सडकमा भौतरिदै हिड्ने गरेका थिए । .उनी लामोसमय देखी ओडारमै बसेको र स्थानीय सरकाले ब्यवस्थापन नगरेको बिषयमा नजगुनासो आएको थियो ।

तर गाउका स्थानीय सरकार आएको झण्डै ५ वर्ष पुग्न लागी सकेको छ । स्थानीय सबै नजिककै रहेको वडा सरकार पनी उनी वर्षौ देखी गाँसबासको खोजी भौतारीएको देखेको छैनन । यो खबर पत्रकार महासंघले पाएपछि उनको अवस्था बुझ्न बुधवार विहान महासंघका अध्यक्ष नेत्रबहादुर शाही सहितको टोली उनको वासस्थल ओडारमा पुगेको थियो ।

राहात नपाएको खबर पाएपछि स्थानीय प्रशासनलाई कोरोना पिडित विपन्नलाई सहयोग गर्ने राहात कार्यक्रम सहयोग गरेको आईएनएफ नेपालले शुक्रवार आश्यक खाद्यन्न र कम्वल सहयोग गरेको हो ।
जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले चेते कुलालको नागरिकता तत्काल दिइने बताउनुभयो । उहाँले स्थानीय वडासरकाले सिपारिसमा उनलाई नागरिकता दिने प्रतिवद्धता जनाउनुभयो । चेतेलाई तत्कालिन राहात मात्रै आवश्यक छनै, उनलाई दिर्घकालिन आवासको लागि सरोकारवाला गम्भिर भयर लाग्ने बताउनुभयो । उहाँले तत्कालन वैठक बोलाएर निश्कर्षमा पुरयाउने बताउनुभयो ।

स्थानीय युवा रबिन कुलालले पाउनै पर्ने ब्यक्तिले राहत नपाएको सरोकारवाला बिभ गुनासो गरे ।उनले भने बिभिन्न चरणमा राहत बितरण हुने गरेका छन । तर न्युन आएभएका नागरिकले राहत पाउदैनन ।
त्यस्तै चन्दननाथ १का अध्यक्ष जयबहादुर रावलले चेते कुलालको दिगोब्यवस्थापनको लागी वडासरकार तयार भएको बताउनुभयो ।उहाँले भन्नुभयो, चेते कुलालको नागरिकता नभएका कारण ब्यवस्थापनमा समस्या आएको बताउनुभयो । स्थानीय जयकृष्ण आचार्यले चिसोमा दिन काटिरहेका चेतेलाई राहात र दिर्घकालिन व्यवथापनमा वहश गर्न पहल गर्ने पत्रकार महासंघ जुम्लालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिकृया दिनुहोस्