OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,पौष २, २०७८जुम्ला,
८७२ पटक

खलंगा पुष २ गते, सिञ्जा क्षेत्रका तीन तहमा प्रारम्भिक वालविकास सहित वालअधिकारका बिषयको कार्यक्रम थालिएको छ ।
स्थानीय गैरसरकारी संस्था प्लान नेपालको सहयोगमा सेडा नेपालले हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा वालवालिको सपना परियोजना सचालन गरेर काम थालेको जानकारी गरेको छ । शुक्रवार जिल्लामा आयोजना गरिएको जिल्ला स्तरीय अन्तरक्रियामा संचालन गरिएको परियोजना र कार्यक्रमको वारेमा जानकारी गरेको छ ।

सेडा नेपाल जुम्लाका परियोजना संयोजक मञ्जु थापाले प्रारम्भिक वालविकासको पक्ष, महत्व, रणनितिका विषयमा जानकारी दिनुभयो । उहाँले स्थानीय तहमा यि कामहरु गर्न स्थानीय सरकारको समन्वयमा सिञ्जा क्षेत्रका तिनै तहमा काम भईरहेको जानकारी दिनुभयो ।

परियोजना संयोजक मञ्जु थापाका अनुसार जिल्ला स्तरीय अन्तरक्रियामा हरेक स्थानीय तहमा ११ वटा अभिभावक शिक्षा दिईसकिएको र तिनै तह गरी एकहजार पाँच सय बढि व्यक्तिहरु अभिभावक शिक्षाबाट लाभान्वित भएका जानकारी दिनुभयो ।

अभिावक शिक्षामा स्थानीय तहका स्वास्थ्य क्षेत्रका जनशक्ति र प्रारम्भिक वालविकास केन्द्रका जनशक्ति, महिला स्वास्थ्य स्ववंसेविका समेतले सहजीकरण गर्दै आएका छन् ।
बालबालिकाहरुलाई आधारभुत सिकाई, शिक्षा, शारिरिक, मानसिक भाषिक विकास विकास कसरी हुन्छ भन्ने बिषयमा आमा वुवालाई शिक्षा दिने काम गरिएको बताईएको छ । अभिभावक शिक्षामा विभेद कसरी कम गर्ने, समाजका कुरुती र विकृतिको रुपमा अगाडि बढाउन सचेतना बिषयमा बढि जोड दिईएको पाईन्छ ।

\
सन १९ देखी कनकासुन्दरी गाउँपालिकाको वडानम्बर ५,६ र ८ मा पाईलट परियोजनाको रुपमा रहेको वालवालिकाको सपना कार्यक्रम अहिले सिञ्जा क्षेत्रका तिनै तहमा लागु गरिएको बताईएको छ ।
कार्यक्रम संयोजक प्रेम सिंहले अन्य क्रियाकलापहरुको बिषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति, जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाइ, हिमा, सिञ्जा र कनकासुन्दरी गाँउपालिकाका स्वास्थ्य शाखा तथा शिक्षा शाखा र पत्रकार महासंघको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकृत रामलाल प्याकुरेलले कार्यक्रम निकै राम्रो भएको भन्दै जिल्लाभर बिस्तार गर्न अनुरोध गर्नुभयो । उहाँले जिल्ला सल्लाहाकार समितिमा हरेक परियोजनाको जानकारी हुनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख प्रेम सेडाईले स्वास्थ्य संस्थाको उद्देश्य अनुसारको काम यो परियोजनाको रहेकाले थप सजिलो भएको बताउनुभयो । वालमृत्यूदर घटाउने, स्वास्थ्य तथा सरसफाईमा जोड तथा महिला स्वास्थ्य स्वंसेविकाको जिम्मा दिएपछि परियोजनाको अभिभावक शिक्षा झन प्रभावकारी भएको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्