OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १, २०७८काठमाडौं
५९९ पटक

१ पुस २०७८ बिहीबार

रक्षामन्त्री डा.मिनेन्द्र रिजाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । नेपाली काँगे्रसको महामन्त्री पदबाट पराजित भएसँगै उहाँले पदबाट राजीनामा दिनुभएको हो ।

रिजालले महाधिवेशनमा पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त संकुचित भएकाले मन्त्री पदबाट राजीनामा दिएको बताउनुभएको छ । महामन्त्रीमा पराजित उहाँले यही कुरालाई हृदयङ्गम गर्दा मन्त्री पदमा बसिरहनु नैतिक रुपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख छ ।

काँग्रेस नेतासमेत रहेका रिजालले सक्रिय राजनीति बाटै सन्यास लिन सक्ने संकेत गर्नुभएको छ। मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले राजनीतिबाटै बाहिरिन सक्ने बताउनुभएको थियो ।

सार्वजानिक पदमा रहने भएपनि राजनीतिभित्र वा बाहिर कहाँ रहने भन्नेबारे निर्णयमा छिट्टै पुग्ने उहाँको भनाई थियो । प्रतिनिधिसभाको कार्यकाल रहँदासम्म सरकारलाई प्रतिनिधिसभा सदस्यको हैसियतले सहयोग गरिरहने पनि उहाँले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्