OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २९, २०७८सुर्खेत
७९९ पटक

२९ मंसिर २०७८, बुधबार

माओवादी केन्द्रको यही मंसिर २५ गतेदेखि शुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’बाट केन्द्रीय सदस्यहरुबीच प्रदेश अध्यक्षमा सहमति जुट्न नसकेपछि प्रदेश समिति सदस्यहरुबाट अध्यक्षसहितका पदाधिकारी चुन्ने विधि तय गरेको थियो । त्यही विधि अनुसार आज केसी अध्यक्षमा निर्वाचित भएको बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष रामदीप आचार्यले जानकारी दिनुभयो ।

पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेकी रुकुमपश्चिम जिल्ला निवासी केसी कर्णाली प्रदेशसभा सदस्य हुनुहुन्छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को कर्णाली प्रदेश इन्चार्जसमेत रहेकी केसी माओवादी सशत्र संघर्षमा भूमिगत भएर विभिन्न भूमिका निर्वाह गर्नुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष केसीले पार्टीले दिएको जिम्मेवारीलाई आगामी चुनावमा परिणाम देखिने गरी काम गर्ने बताउनुभएको छ । अध्यक्षबाहेक माओवादी केन्द्रको अन्य पदाधिकारी चयनका विषयमा छलफल भईरहेको जनाईएको छ । अध्यक्ष आचार्यका अनुसार प्रदेश समितिमा केन्द्रीय सदस्य पदेन रहने व्यवस्था गरिएको छ ।

माओवादी केन्द्रका १० जिल्ला क्रमशः रुकुम पश्चिमबाट ३२, सल्यानबाट २९ कालीकोटबाट २९, जाजरकोटबाट २६, सुर्खेतबाट २१, जुम्लाबाट १८, हुम्लाबाट १८, दैलेखबाट १७, डोल्पाबाट ११, र मुगुबाट १० गरी २११ जना प्रदेश सदस्यमा चयन भएका छन् । केन्द्रले प्रदेश समितिमा महिला ३५, दलित २५, युवा २० र अल्पसंख्यक पाँच प्रतिशत समेट्ने व्यवस्था विधानमा गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्