OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २७, २०७८सुर्खेत
१३२८ पटक

२७ मंसिर २०७८, सोमबार

जनस्वास्थ्यकर्मीहरुको पेशागत संगठन नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेश समितिको अध्यक्षमा लक्ष्मणप्रसाद चौलागाईं सर्वसम्मत चयन हुनुभएको छ । अध्यक्ष निर्वाचित जुम्ला निवासी चौलागाई तिलागुफा नगरपालिका कालीकोटको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत हुनुहुन्छ ।

११ सदस्यीय प्रदेश समितिको उपाध्यक्षमा कृष्णप्रसाद सापकोटा (सुर्खेत), सचिवमा कमल रावत (जुम्ला), सहसचिवमा उमेश गौतम (सुर्खेत) र कोषाध्यक्षमा निराजन चपाईं (सुर्खेत) चयन हुनुभएको अध्यक्ष चौलागाईले जानकारी दिनुभयो । त्यस्तै, खुला सदस्यहरुमा भूपेन्द्र शर्मा (दैलख) टेकबहादुर थापा, इन्द्रा रावल र मञ्जु थापा (जुम्ला) चयन हुनुभएको उहाँले बताउनुभयो ।

त्यसैगरी, समावेशी सदस्यमा गणेश नेपाली र गौराकुमारी घर्तीमगर (सुर्खेत) चयन हुनुभएको छ । अध्यक्ष चौंलागाईले सिंगो जनस्वास्थ्य क्षेत्रको विकास, सुदृढीकरण, जनस्वास्थ्यकर्मीहरुको हकहित र वृति विकासमा सहयोग पुर्याउने ध्येयले संघीयतापश्चात् प्रदेशमा स्थापना भएको संघलाई उद्देश्य मुताविक अघि बढाउने बताउनुभएको छ ।

मुलुक संघीयता गएसँगै जनस्वास्थ्य संघ कर्णाली प्रदेश समितिको पहिलो अध्यक्ष बन्नुभएका जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले आईतबार नै अध्यक्ष चौलागाईलाई कागजात बरबुझारथ, जिम्मेवारी हस्तान्तरणका साथै बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्