OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २६, २०७८सुर्खेत
४७९ पटक

२६ मंसिर २०७८, आईतबार

राष्ट्रपति विद्यादेवी भण्डारीले एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गर्नुहुने भएको छ । शुभारम्भका लागि आज बिहान ११ः०० बजे राष्ट्रपति भण्डारी जुम्ला पुग्न कार्य तालिका रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मंगल रावलले जानकारी दिनुभयो ।

“राष्ट्रपति भण्डारी जुम्ला पुगेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला एमबीबीएस, बी.फार्मा, बीएनएस, बीएमएसलगायतका शैक्षिक कार्यक्रमहरुको शुभारम्भ गर्नुहुनेछ,” उपकुलपति डा.रावलले भन्नुभयो, “देशकै प्रमुखको समुस्थितिले कर्णालीको शान र गौरव उँचो हुनेछ ।” यो ऐतिहासिक कार्यक्रममा प्रतिष्ठानका संस्थापक तथा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेश सम्मेलनका कारण अनुपस्थिति हुने जनाईएको छ ।

प्रतिष्ठानका प्रवक्ता एवं डीन रमेश भट्टराईले राष्ट्रपतिले शैक्षिक कार्यक्रम उद्घाटन गर्नुको साथै रु.७६ करोड लागतमा निर्माण हुन लागेको चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलन्यास जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानको आजको कार्यक्रममा सरिक हुन कर्णाली प्रदेश प्रमुख तिलक परियार शनिबार नै जुम्ला पुगिसक्नुभएको छ ।

शुभारम्भ र शिलन्यास कार्यक्रम प्रतिष्ठानको केन्द्रीय कार्यालयको प्राङ्गणमा हुनेछ । राष्ट्रपति जुम्ला आउने भएपछि सरकारको विशेष सुरक्षा टोली जुम्ला आईपुगेको छ । स्थानीयस्तरमा रहेका सबै सुरक्षा निकायलाई पनि उच्च सतर्कता अपनाउन निर्देशन दिईएको छ ।

विकट भूगोलमा बहुप्रतिक्षित एमबीबीएससहितका शैक्षिक कार्यक्रमको शुभारम्भ हुनु कर्णाली लागि ऐतिहासिक उपलब्धि र राष्ट्रका लागि गौरवको विषय भएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताउनुभयो । “यो कार्यक्रम कर्णाली विकासको कोषेढुंगा हो,” रजिष्ट्रार महतले भन्नुभयो, “डाक्टर उत्पादन गर्ने प्रतिष्ठान जुम्लाको बहुप्रतिष्ठित शैक्षिक कार्यक्रमले मानव विकास सुचाङ्कमा सिंगो मुलुकलाई माथि उठाउन सहयोग पुर्याउनेछ ।”

राष्ट्रपति भण्डारीसहित, नेपाल सरकारका स्वास्थ्य जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, स्वास्थ्य तथा जनसंख्यामत्री विरोध खतिवडाका विज्ञ सल्लाहकार डा.रमेश ढकाल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी, डा.गुणराज लोहनी आउने प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस्