

मंसिर २६ गते । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानलाई ध्यानमा राखेर अस्पतालका नर्स सहित सरोकारवाला निकायहरु कार्यशाला मार्फत प्रशिक्षण गरिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला फरेन्सिक विभाग ओसिएमसिको आयोजनामा प्रतिष्ठानका नर्स, डाक्टर, प्रहरी, सरकारी वकिल कार्यालय, स्थानीय प्रशासन, चन्दननाथ नगरपालिका महिला विकास शाँखा, अल्पकालिन आश्रयका लागि सेवा केन्द्र सहितका सरोकारवाला निकायहरुलाई एकै स्थानमा राखेर कार्यशाला गरिएको अस्पताल निर्देशक डाक्टर पुजन रोकायाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरोकारवाला निकायलाई जानकारी तथा जिम्मेवारी वनाउन कर्णाली प्रतिष्ठानमा एक दिने कार्यशाला सम्पन्न गरिएको हो ।
कार्यशालमा महिला हिंसाको जानकारी, कानूनी प्रावधान, ओसिएमसिको भूमिका सहित केही अभ्यासहरु समेत गरिएका फरेन्सिक विभागका डाक्टर अपूर्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको सहजिकरण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जेसी सल्लाहकार सिताराम प्रसाई, रेखा राणा, लुम्विनी प्रदेश अस्पतालका कानूनी चिकित्सा विशेषज्ञ डाक्टर आहाना श्रेष्ठ, कर्णाली प्रतिष्ठानका फोरेन्सिक विभागका डाक्टर अपुर्ण श्रेष्ठ, डाक्टर अरविन शाक्यले गर्नु भएको र कार्यक्रमको उद्धाटन प्रमुख जिल्ला अधिकारी दुर्गा प्रसाईले गर्नुभएको थियो ।
एक दिने कार्यक्रम भएपनि उपलब्धीमुलक रहेको सहभागीहरुले जनाएका छन् । चन्दननाथ नगरपालिकामा कार्यरत महिला शाखाका कर्मचारी पुष्पा थापाले तालिममा लैगिक हिंसा कसरी, ओसिएमसिको समिति र भिक्टिमहरुलाई कसरी सहजरीकरण गर्ने, सरोरकारवाला निकायहरुको भूमिकाका बिषयमा समेत छलफल तथा जानकारी भएको बताउनुभयो ।





