OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २५, २०७८सुर्खेत
७७० पटक

२५ मंसिर २०७८, शनिबार

कर्णाली प्रदेश लोक सेवा आयोग सुर्खेतका सचिव भुपेन्द्र थापालाई सुर्खेतमा स्वागत गरिएको छ । जुम्ली एकता सेवा समाज सुर्खेतले शनिबार बिहान  सचिव थापालाई स्वागत गरेको हो ।

सचिव थापा, राष्ट्रिय अनुसन्धान कर्णाली प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक टेकेन्द्र कार्की, कर्णाली जल परियोजनामा कार्यरत लक्ष्मी महत, डा.द्वय धर्मराज रेग्मी र सवास शर्मा फरेस्टर पवित्रा बोहोरालाई समाजले स्वागत गरेको हो । उक्त स्वागत तथा सम्मान कार्यक्रममा सचिव थापाले जागीरे जीवनको अधिकांश समय कर्णालीसहित दुर्गम भूगोलमा बितेको बताउँदै यतिबेला पनि आफ्नै गृह प्रदेशमा सरुवा भएर यहाँका नागरिकहरुको सेवा गर्ने अवसर पाउँदा खुशी लागेको बताउनुभयो ।

अहिले आफुसहितका सहसचिवहरुको पदस्थापन गर्ने पद्धति नमिलेको टिप्पणी गर्दै उहाँले आफ्नो गृह प्रदेशलाई प्राथमिकतामा राखेर आएको बताउनुभयो । ‘समाजको शक्ति सम्बन्धको लिंक र सामन्ती व्यवहारका कारण होला एक दुई/तीन/नम्बर योग्यताका सहसचिवहरुलाई बाहिर हुत्याईयो,’ सचिव थापाले भन्नुभयो, ‘तर नौं नम्बरमा आउनेलाई अर्थ मन्त्रालयमा राखियो ।’ उहाँका अनुसार यसले योग्यता प्रणालीमाथि भद्दा मजाक गरेको छ ।

कतिपय मान्छेले कर्णालीका नागरिक सभ्य हुँदैन भन्ने टिप्पणी गरिरहेको बताउँदै उहाँले पछिल्लो समयमा जुम्लाले आफ्नो वास्तविक परिचय दिँदै आएको र जुम्लाका मान्छे केही गर्न सक्दैनन् जस्तो सोच बदल्न उत्प्रेरित गराएको तर्क गर्नुभयो ।

जिल्ला बाहिरका मान्छेले जुम्लालाई हेर्ने दृष्टिकोण फरक रहेको जुम्लाले आफ्नो सहि परिचय दिलाउन र जुम्ली एकता समाजले वर्तमान समाजलाई सामाजिक न्यायसहितको सन्देश दिने खालको कार्यक्रम गर्न सचिव थापाले सुझाउनुभयो र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

कर्णालीमा लोक सेवा आयोगको नयाँ संस्था र संरचना निर्माण गर्नुपर्ने छ । लोक सेवाको ब्राण्ड यसले बचाउन र जोगाउन सक्छु कि नाई भन्ने चुनौति र अवसर दुवै भएकोले त्यसतर्फ बढी ध्यान गएको उहाँको भनाई थियो । राष्ट्रिय अनुसन्धान कर्णाली प्रदेशका प्रमुख डिआईजी टेकेन्द्र कार्कीले पछिल्लो समयमा जुम्ला सरकारी तथा गैर सरकारी क्षेत्रमा जुम्लाले अपेक्षित प्रगति गर्दै गएको बताउनुभयो । जुम्ली एकता सेवा समाजमार्फत जुम्लाको भावनात्मक सम्बन्ध, मौलिकता र उत्प्रेरक खालका कार्यक्रम हुँदै जानुपर्ने डिआईजी कार्कीको सुझाव थियो ।

जुम्ली एकता सेवा समाजका अध्यक्ष अमृत पाण्डे र सल्लाहकार शेरबहादुर रोकायले संस्था भर्खर जन्मेकोले अहिले जुम्लेली कर्मचारीहरु बीचको मिलन गराएपनि अब वार्षिक कार्य योजना निर्माण गरी नवप्रवर्तनात्मक कार्यलाई अगाडि बढाउने उद्देश्य राखिएको र यसमा सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । नेपाल सरकारका प्रशासक, सुरक्षा प्रमुख, डाक्टर, पत्रकार, ईञ्जिनियरलगायत सहभागी रहेको उक्त कार्यक्रममा मार्सी होटलका सञ्चालक महाकृष्ण पाण्डे, व्यवसायी हरिगोपाल चौलागाईलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्