

२५ मंसिर २०७८, शनिबार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सातैवटा प्रदेशको प्रदेश सम्मेलन उद्घाटन गर्नुभएको छ ।
अध्यक्ष प्रचण्डद्वारा भर्चुअल माध्यमबाट सातै प्रदेशको एकैसाथ सम्मेलनको उद्घाटन गर्नुभएको हो । को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट देशका सातवटै प्रदेशको सम्मेलन एकै पटक समुद्घाटन गरेपछि विधिवतरुपमा सम्मेलन शुरु भएको हो ।
अध्यक्ष दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “माओवादीलाई हराउन सक्ने तागत कोही कसैसँग छैन । हामी अरुजस्तो पार्टी होइन, राष्ट्र र जनताका लागि काम गर्ने पार्टी हो ।” उहाँले सबै तह, तप्कामा आक्रामक ढङ्गले गयौँ र जनतालाई विश्वासमा लियौँ भने आफू नेतृत्वको पार्टी एक नम्बरको पार्टी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष प्रचण्डले आफ्नो पार्टी चुनौती र अवसरका बीचमा रहेको भन्दै स्पष्ट कार्यदिशाका साथ अगाडि बढे सफल भइने बताउनुभयो । सात प्रदेश र दुईवटा गैरभौगोलिक प्रदेशको सम्मेलनलाई श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्दै उहाँले पार्टीभित्र रहेको अलमललाई हटाएर नयाँ विचारका साथ क्रान्तिकारी बनाएरै छाडिने बताउनुभयो । अध्यक्ष दाहालले पार्टीमा कमी÷कमजोरी रहेको र त्यसलाई सच्याएर क्रान्तिकारी र जनपक्षीय पार्टीका रूपमा रुपान्तरण गर्नुपर्ने दोसाँधमा रहेको उल्लेख गर्नुभयो ।
माओवादीका सबै कमिटि उत्पादनको एकाई बन्नुपर्छः शर्मा
नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुख जनार्दन शर्मा (प्रभाकर)ले माओवादीका सबै कमिटि उत्पादनको एकाई बन्नुपर्नेमा जोड दिनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)को आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ को उद्घाटन सत्रमा बोल्दै संगठन विभाग प्रमुख प्रभाकरले समृद्धिको प्रणालीमा युवालाई जोडेर समृद्धिको अभियान थाल्ने योजना अगाडि बढाईने बताउनुभयो । माओवादीको एजेण्डा बलियो हुँदा पनि स्वामित्व लिन नसक्दा प्रतिगामीहरु जुर्मराएको उहाँले टिप्पणी गर्नुभयो ।
अर्थमन्त्रीसमेत रहनुभएको प्रभाकरले सम्मेलन समीक्षाको उत्सव भएको तर्क गर्दै कर्णालीका जनताको आन्दोलन युद्धका सेना भन्दा पनि माथि रहेको प्रशंसा गर्नुभयो । “पछिल्लो समयमा हामी विचार छोडेर झोक्रायौं । संगठनमा विधि र पद्धति पनि भएन,” उहाँले भन्नुभयो, “अब नयाँ विचार सुरुआत हुनेछ । जसले विधि, कार्यशैली र कार्यदिशा के हो ? निश्चित गरेर मार्ग चित्र कोर्दै कर्णालीको आत्मनिर्भर पृष्ठभूमिलाई जोगाउनेछ ।”
माओवादी केन्द्रका कर्णाली प्रदेश ईञ्जार्च शक्तिबहादुर बस्नेतले माओवादीलाई आजको व्यवस्थाको ईञ्जिनियरिङ् माओवादीले गरेको दावी गर्दै यसको पाईलटिङ पनि माओवादीले नै गर्नुपर्नेमा जोड दिनुभयो । माओवादी हार्दा जनताले हार्ने चेतावनीले दिँदै ईञ्चार्ज बस्नेतले हार्ने सुविधान नभएको समेत जिकिर गर्नुभयो ।
प्रदेश सम्मेलनमा केन्द्रका कर्णाली प्रदेश सहईञ्चार्ज त्रय कालीबहादुर मल्ल, महेन्द्रबहादुर शाही, र टेकबहादुर बस्नेत, अध्यक्ष राजकुमार शर्मा, सचिव रामदीप आचार्यलगायत केन्द्रीय सदस्य, जिल्ला नेता, प्रतिनिधि तथा पर्यवेक्षकसहित करिब एक हजार २०० को सहभागिता रहेको छ । उद्घाटन सत्र सम्पन्न भएको बताउँदै प्रदेश सचिव आचार्यले बन्द सत्र भोलि शुरु हुने जनाउनुभयो । शुरबहादुर सिंह