OnlinePana

आज : २०८३ जेठ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २५, २०७८सुर्खेत
९९९ पटक

२५ मंसिर २०७८, शनिबार

नेकपा (माओवादी केन्द्र) को ‘प्रथम कर्णाल प्रदेश सम्मेलन’ भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट देशका सातवटै प्रदेशको सम्मेलन एकै पटक समुद्घाटन गरेपछि विधिवतरुपमा सम्मेलन शुरु भएको हो ।

कर्णाली प्रदेश सम्मेलन प्रदेशको राजधानी शहर वीरेन्द्रनगर सुर्खेतको सिटी हलमा शुरु भएको छ । अहिले माओवादी केन्द्रका केन्द्रीय नेताहरुले मन्तव्य दिने क्रम शुरु भएको छ । सम्मेलनमा कर्णालीलगायत विभिन्न प्रदेशमा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन भईरहेका छन् ।

‘प्रथम कर्णाली प्रदेश सम्मेलन’मा प्रदेशभरका ७१८ पालिका हुँदै कर्णालीका १० जिल्ला ७९ स्थानीय तहबाट करिब एक हजार २०० भन्दा बढी प्रदेश प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी भएको प्रदेश सम्मेलन आयोजक कर्णाली प्रदेशले जनाएको छ ।

प्रदेश सम्मेलनमा नेकपा माओवादीका संगठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर), कर्णाली प्रदेश ईञ्चार्ज शक्तिबहादुर बस्नेत, सहईञ्चार्जद्वय कालीबहादुर मल्ल, महेन्द्रबहादुर शाही, अध्यक्ष राजकुमार शर्मा, सचिव रामदीप आचार्यलगायत केन्द्रीय सदस्यलगायतका नेताहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्