OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २४, २०७८सुर्खेत
७४२ पटक

२४ मंसिर २०७८, शुक्रबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ तयारी कार्य पुरा भएको बताएको छ । केन्द्रद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार भेटघाटमार्फत मंसिर २५ र २६ गते हुने सम्मेलनको तयारी कार्य पुरा भएको बताईएको हो ।

‘प्रथम कर्णाली प्रदेश सम्मेलन’को उद्घाटन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बिहान ११ः०० बजे उद्घाटन गर्नुहुने केन्द्रका कर्णाली प्रदेश अध्यक्ष एवं प्रदेश सम्मेलन आयोजक समितिका संयोजक राजकुमार शर्माले जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन भने अध्यक्ष प्रचण्डले भर्चुअल माध्यमबाट गर्नुहुने संयोजक शर्माले बताउनुभयो ।

“प्रथम प्रदेश सम्मेलन प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरको सिटी हलमा हुँदैछ,” उहाँले भन्नुभयो, “यसमा प्रदेशभरबाट ९६२ जना प्रतिनिधि सहभागी हुनेछन् ।” सम्मेलनलाई सफल बनाउन प्रदेश सम्मेलन आयोजक समितिअन्तरगत स्वास्थ्य उपचार, आर्थिक व्यवस्थापन, प्रचार प्रसार तथा मञ्च व्यवस्थापन, मेस तथा आवास व्यवस्थापन, स्वयंसेवक परिचालन, कलाकार व्यवस्थापन, प्रतिवेदन तयारीलगायत गरेर आठवटा उपसमिति गठन गरिएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनले माओवादी केन्द्रको प्रदेश नेतृत्व चयनका लागि विधानतः निर्वाचन र सहमति दुवै विधि अपनाउने प्रदेश सचिव रामदीप आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशका ७९ स्थानीय तहमा बाँकी रहेका छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ्, खत्याड र सोरु गाउँपालिकाको सम्मेलन आजै सम्पन्न भएको छ ।

 

प्रतिकृया दिनुहोस्