OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, मंसिर २२, २०७८
७९३ पटक

मङ्सिर २२ गते ।

कर्णालीमा सड्क सञ्जाल त जोडियो तर स्तरबृद्धि नहुदा धेरैले ज्यान गुमाउदै आएका छन् ।

दशैको अघिल्लो दिन मुगुमा बस दुर्घटनामा ३१ जनाको ज्यान गयो भने एकसाता अघि सिञ्जमा दुई जनाको मृत्यू भयो । नाग्म गमगडि राजमार्ग पछिल्लो समय स्तरबृद्धि नहुदा दुर्घटना बढिरहेका छन् । सड्का बिषयमा जिल्ला कार्यालयमा विभिन्न प्रकारका गुनासा धेरै भए पनि काम गर्ने जिम्मा लिएका निर्माण व्यवसायीले समयमा काम नगरेर नाग्म गमगडि राजमार्गको १३ किलोमिटर अझै ग्राभेल सम्पन्न भएको छैन् ।

सड्का यि विभिन्न समस्याहरु वोकेर जुम्लावासीले काठमाण्डौमा ध्यानकर्षण गराएका छन् । कर्णाली राजमार्ग नाग्म गमगडि राजमार्ग स्तरबृद्धि तथा अन्य सड्क निर्माण गरिनुपर्ने भन्दै जुम्लाबाट आएको स्थानीय बाजाको टिमले बाजा बजाएर विभागको ध्यानाकर्षण गरेको छ । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतको अगुवाईमा पाटन ढोका हुदै पुलचोकमा रहेको सड्क विभागमा दुई घण्टा बाजा बजाएर राज्यको ध्यानाकर्षण गरिएको छ ।

खस सस्कृतिको बाजा, हातमा प्लेकार्ड व्यानर नारा सहित सड्क विभागमा पुगेको जुम्लाको टोली देखेर वरपरका मानिसहरु हेर्न भिड लागेका थिए । फरक प्रकृतिको ध्यानाकर्षण गरिएपछि सुराक्षार्थ खटिएका प्रहरी समेत तस्विर खिच्दै थिए ।

राजधानी विरेन्द्रनगर सुर्खेतबाट दैलेख कालिकोट, जुम्लाबाट सहायक राजमार्ग नाग्म गमगडी हुदै राराताल जोडिएको छ ।

सडक मर्मत गुणस्तरीय नहुँदा यात्रु र चालकले सास्ती बेहोर्दै आएका छन् । अहिले ठाउँ–ठाउँमा सडक हिलाम्य बनेको छ भने कयौँ स्थानमा सडक भाँसिएको छ । राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि टालटुलमै सकिने गरेको भन्दै संघीय सांसद गजेन्द्रबहादुर महतले पंञ्चेबाजा बजाएर शान्तिपूर्ण यो आन्दोलन गर्नु भएको छ ।

उहाँले कर्णाली राजमार्ग कालोपत्रे गरिएको भए पनि खाल्डाखुल्डीले दुर्घटनाको जोखिम उच्च रहेको बताउनु भयो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने कर्णाली राजमार्गमा गाडी चलाउन निकै सास्ती हुने गरेको छ । उहाँका अनुसार साघुँरो सडक स्तरबृद्धीका लागि सरारलाई दवाब दिन पञ्चेबाजा अन्दोलन गरेका हुन ।

राजमार्गमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको जानकारी दिनुभयो । ‘दुर्घटनाको जोखिम उच्च छ, राजमार्ग भनेर तोकिए पनि सडकको अवस्था बेहाल छ’, उहाँले बताउनुभयो , सामान्यतया एक दिनको यो बाटो पार गर्न वर्षातको बेला कालिकोटबाट सुर्खेत पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

सड्क विभागमा माग समेत पेश गरिएका छन् । सुर्खेत जुम्ला कर्णाली राजमार्गका साथै नाग्म, सिँजा हुदै गमगढी जाने सडकको स्तरोन्नतीका लागि यथासिघ्र थालनी गर्न माग गरिएको छ । यस्तै सुर्खेत जुम्ला सड्क स्तरबृद्धि, सुर्खेत महावु र कालिकोट सड्क समेत खोलिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसत महतले महत सड्क र बिधुतका बिकासका लागी काठमाण्डौैमा जुम्लाका पंञ्चेबाजाका नगरा सुनाएर सरकार व्यूताउने बताउानुभयो ।

 

यी सबै समस्या बोकेर जुम्लाका संघीय सांसद गजेन्द्रबहादुर महतले सरकार सामु दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । संसदमा खरो बोल्ने सांसद महतले अहिले संसद नचलेकाले सड्क मार्फत फरक प्रकृतिको आन्दोलन गरिएको बताउनु हुन्छ ।
कार्यक्रममा जुम्लाबाट हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाही र सिञ्जा गाउँपालिका माओवादी केन्द्रका ईन्चार्ज पूर्ण प्रसाद धितालले पञ्चेबाजाको टोली काठमाण्डौ लिएर साथमा आउनु भएको छ ।
बहादुरसिंहलाई कारवाही गर्न माग :

नाग्म गमगडि राजमार्गको शुरु खण्डको १३ किलोमिटरको ग्राभेलको सड्क हाल सम्म पनि निर्माण सम्पन्न नभएपछि पुल्चोक विभाग अगाडि पुगेका स्थानीयले बहादुर सिंह लामालाई कारवाही गर्न समेत माग गरे ।
सांसद महतले तयार पारेको ज्ञापन पत्र बुझदै सडक बिभागका निमित्त महानिर्देशक उमेश बिन्दु श्रेष्ठले सडक कालोपत्रेको लागी टेन्डर गरिएको प्रतिवद्धता जनाउनु भयो । उहाँले सडकस्तरबृिद्धका लागी अधुरा बनेका काम तत्काल सपन्न गर्ने बताउनु भयो । कर्णालीका जीव रेखाको रुपमा लिईएको कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकको कालोपत्रे वर्षदिनसम्म पनि टिक्दैन । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडक खण्ड २ सय ३२ किलोमिटर छ । स्तरबृद्धि नहुदा कयौ स्थानमा गाडि क्रस गर्न समेत कठिन स्थिति रहेको छ ।

 

प्रतिकृया दिनुहोस्