OnlinePana

आज : २०८३ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २२, २०७८
५१० पटक

२२ मंसिर २०७८, बुधबार

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको उम्मेदवार बन्न सक्ने अवस्थामा नभएपछि आफू पक्षीय भनिएका नेताहरुलाई पार्टी छोडेर अलग बस्ने आक्रोश व्यक्त गर्नुभएको छ । उहाँले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने हो भने आफूलाई पार्टीबाटै विदा गर्न नेताहरुलाई आग्रह गर्नुभएको छ ।

यही मंसिर २५ गतेबाट कांग्रेसको १४औं महाधिवेशन शुरु हुँदैछ । निर्वाचन नजिकिएपनि पौडेल समूहले उम्मेदवार तय गर्न सकेको छैन । आज पौडेल पक्षीय नेताहरु पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा पनि आकांक्षीहरुबीच सहमति जुट्न सकेन ।

उक्त छलफलमा बरिष्ठ नेता पौडेलले आफूलाई सहयोग गर्न अन्य आकांक्षी नेताहरुलाई आग्रह गर्नुभएको थियो । तर पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा दाबी छाडेनन् । नेता डा. रामशरण महतले भन्नुभयो, ‘रामचन्द्रजीले मलाई सहयोग गर्नुस् भन्दा प्रकाशमानजीले म पनि लड्छु भनेको छ । शेखरजीले लड्ने भनेको छ ।’

‘सबै लड्ने भए म राजनीतिबाट विदा हुन्छु, घरमै आराम गर्छु । पार्टीबाटै अलग हुन्छु भन्नुभयो रामचन्द्रजीले, उहाँले भन्नुभयो ।’ एक नेताका अनुसार आकांक्षीहरुबीच सहमति नभएपछि वरिष्ठ नेता पौडेलले रिसाएर आक्रोश पोख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्