OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १४, २०७८सुर्खेत
३०२ पटक

१४ मंसिर २०७८, मंगलबार

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीको विश्वासको मत लिने प्रयोजनका लागि आज दिउसो १ः०० बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

नेपाली काँग्रेस प्रदेशसभा दलको नेता शाही निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असोज १५ गते राजीनामा दिएपछि १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिँदै गर्दा भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित हुने भएको छ । नेकपा एमालेको मंसिर १० गतेदेखि चितवनमा जारी दशौ राष्ट्रिय महाधिवेशनमा भाग लिन सौराह पुगेका कारण आफूहरु सहभागी हुन नसक्ने एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीले विश्वासको मत नलिदा संवैधानिक जटिलता आउने भएकाले बैठक नरोकिने कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपनि बैठक अगाडि बढ्ने जनाईएको छ ।

प्रतिकृया दिनुहोस्