OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ९, २०७८
६४० पटक

९ मंसिर २०७८, बिहीबार

चितवनमा भोलि शुक्रबारदेखि हुन थालेको एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा जुम्ला नेकपा एमालेका युवा नेता रतननाथ योगीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो। दशौं महाधिवेशनमा सहभागी हुन चितवनको भरतपुर पुग्ुनभएका योगीले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेसँगै आफुलाई मत दिएर विजयी गराउन सहभागी प्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको छ ।

महाधिवेशनमा सहभागी प्रतिनिधिलाई मत दिएर आफुलाई विजयी गराउन आग्रह गरेका योगी हाल तिला गाउँपालिकाका बहाल अध्यक्ष हुनुहुन्छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तिला गाउँपालिकाको अध्यक्ष जितेर उहाँले जुम्लामा एमालेको साख बचाउनुभएको हो । कर्णालीमा योगी नेकपा एमाले पार्टीमा प्रभावशाली एवं पछिल्लो युवा पुस्ताका लागि उर्जाशील नेताको रुपमा परिचित हुनुहुन्छ ।

१५ वर्षको कलिलो उमेरमा २०४९ सालमा सरस्वती मावि कुडारी जुम्लाको अनेरास्ववियु प्रारम्भिक कमिटिको अध्यक्ष बनेदेखि योगीको राजनीतिक जीवन शुरु गर्नुभएको उहाँले पछि अनेरास्ववियु जुम्लाको अध्यक्ष पनि बन्नुभयो, जुम्ला बहुमुखी क्याम्पसको सचिव हुँदै सभापति बन्न सफल योगी विद्यार्थी राजनीतिको जगबाट विसं. २०६३ देखि २०६५ कार्यालय सचिव भएर पार्टी राजनीतिमा प्रवेश गर्नुभएका उहाँ २०६६ देखि ०७० सम्म जुम्ला एमालेको पार्टी सचिव भएर काम गर्नुभएको थियो ।

पार्टी राजनीतिमा राष्ट्यि प्रतिनिधि परिषद सदस्य, जिल्ला युवा समिति अध्यक्ष हुदै हाल उनी गाउँपालिका राष्ट्रिय महासंघका केन्दिय सदस्यका रुपमा काम गर्दै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस्