OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीकार्तिक २५, २०७८जुम्ला,
६६२ पटक

खलंगा कात्तिक २४ गते, जनगणना २०७८ शुरु भएको छ । कर्णालीमा भने खसभाषाको जगेर्ना गर्ने तरिकाले उत्तर दिन उत्तरदातालाई विज्ञले सूझाव दिएका छन् ।
जुम्ला बहुमुखी क्याम्पसका उपप्रध्यापक प्रकाश खत्रीले मातृभाषा खस राख्न कर्णालीवासी र सम्पूर्ण खसभाषा वोल्ने नागरिकलाई अनुरोध गर्नुभयो । जनगणना २०६८ मा खसभाषा बोल्ने कर्णालीमै ३४ जना भएको तथ्यांक भएकाले यस पटक ध्यान दिनुपर्ने स्थानीय सरकारहरुको पनि जोड छ ।

भाषाका जानकार रमानन्द आचार्यले खस भाषा बचाउन गणनामै समेटनुपर्ने भन्दै नेपालका खसभाषीलाई अनुरोध गर्नुभयो । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले खसभाषामा जोड दिन उत्तरदातालाई अनुरोध गर्नुभयो ।

पातारासी गाउँपालिकाका प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले यो समयमा खसभाषाको जगेर्ना गर्नुपर्ने सूझाव दिनु भएको छ ।
जनगणना २०७८ अनुसार प्रश्न १७ पछि मातृभाषा र दोस्रो भाषा भन्ने छ । त्यहाँ मातृभाषा खस लेख्न सकिन्छ भने दोस्रो भाषा नेपाली लेख्न सकिने जनगणना कार्यालयले जनाएको छ । त्यहाँ पुर्खाको भाषा पनि खस भाषा हुन सक्ने विज्ञहरु बताउछन् ।

जिल्ला जनगणना कार्यालय जुम्लाले समेत गणकहरु घरघर पठाएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख शंकरदत्त भट्टका अनुसार जुम्लामा पहिलो गणना प्रमुख जिल्ला अधिकारी विजया प्रसाईको गरिएको छ ।प्रजिअ प्रसाईको गणना गर्ने गणक बिष्णुदेवी भण्डारी सहित जिल्लाभर १६४ जना गणक खटाईएको छ । यसका साथै ४१ ज्ना सुपरभाईजर खटाईएको कार्यालयले जानकारी दिएको छ । जुम्लामा जनगणना २०६८ अनुसार एक लाख आठ हजार जनसंख्या थियो । केही बढ्ने देखिन्छ ।
उत्तरदाताका लागि जम्मा ३७ प्रश्न र सामुदायिक २१ गरि ५८ वटा प्रश्नावली छन् । ५८ वटा प्रश्नावलीमा २१ वटा वडा कार्यालयमा भरिनेछन् ।

जनगणना २०७८ अनुसार प्रश्न १७ पछि मातृभाषा र दोस्रो भाषा भन्ने छ । त्यहाँ मातृभाषा खस लेख्न सकिन्छ भने दोस्रो भाषा नेपाली लेख्न सकिने जनगणना कार्यालयले जनाएको छ । त्यहाँ पुर्खाको भाषा पनि खस भाषा हुन सक्ने विज्ञहरु बताउछन् ।

प्रतिकृया दिनुहोस्