OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही चैत्र १०, २०७६जुम्ला,
३९५ पटक

खलङ्गा चैत ९ गते, कोरोनाको रोगथामका लागि जिल्लाका स्थानीय तहहरुले उच्च सर्तकता अपनाएको छ ।
स्थानीय तहमा क्वारेन टाईन सहितको हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरिएकोछ जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीको उपस्थितिमा वसेको स्थानीय तहहरुको वैठकले स्थानीय तहमा आवश्यकताका आधारमा एक भन्दा माथी क्वारेनटाई वा आईसुलेसन क्षेत्र छनौट गरि क्रोरना रोगथामका लागि क्षेत्र चयन गरी व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिले जनाएको छ ।
यसैगरी स्थानीय तहमा कोरोना रोगथामका बिषयमा स्थानीय तह, जनस्वास्थ्य कार्यालयले गरेका कामहरुको जानकारी समेत गरिएको छ । यहाँको तातोपानी गाउँपालिका, पातारासी, हिमा, गुठिचौर र चन्दननाथ नगरपालिकाले भईरहेको व्यवस्थापनको जानकारी गर्नुभएको छ । पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले तत्कालिन समाजसास्त्री डोरबहादुर बिष्टले निर्माण गरेको कर्णाली ईजिच्यूटमा क्वारेनटाईन स्थापना भईसकेको जानकारी दिनुभयो । यसका साथै हिमा गाउँपालिकाले हेल्थ डेक्स स्थापना, तातोपानी गाउँपालिकाले व्यवस्थापन समिति सहित आवश्यक तयारी गरेको जानकारी गरिएको छ । यसैगरी गुठिचौर गाउँपालिकाले मणिसाँघुमा हेल्थ डेक्स राख्ने तयारी भएको जानकारी गरेको छ ।
जिल्ला समन्वय प्रमुख लालबहादुर सार्कीको अध्यक्षतामा बसेको वैठकमा जिल्लाका स्थानीय तहहरुमा क्वारेन टाईन क्षेत्र छनौट गरि व्यवस्थापन गर्ने र आवश्यक बजेट अभाव भएमा कर्णाली प्रदेस सरकार र केन्द्र सरकारलाई माग गर्ने निर्णयगरिएको छ ।
यता जिल्ला बिपत व्यवस्थापन समितिको वैठक आजै बसेर स्थानीय नागरिकलाई आफै सुरक्षित हुन भन्दै अत्यावश्यक काम वाहेक बाहिर ननिस्कन अनुरोध सहितको निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला बिपत व्यवस्थापन समितिका अध्यक्ष दुर्गा बञ्जाडेको अध्यक्षतामा बसेको वैठकमा जुम्ला बहुमुखी क्याम्पसमा आवश्यकता अनुसार क्वारेनटाईन आईसूलेसन सेन्टर स्थापना गरिने निर्णय भएको छ । यसैगरी सो सेन्टर स्थापना गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. धिरज गुरुङको संयोजकत्वमा आठ जनाको स्वास्थ्यकर्मी टोली खटाईने भएको छ । यसैगरी जिल्लाका दुई स्थान जुम्ला बिमानस्थल र जुम्ला कालिकोटको सिमानमा हेल्थ डेक्स स्थापना गरिएको छ । जुम्ला बिमानस्थलमा समन्वय प्रमुख लालबहादुर सार्की, चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल र प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको जाँच गरेर डेक्स उद्घाटन गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । यसैगरी जिल्ला विपत व्यवस्थापन समिति वैठकमा यस विचमा अत्यावश्यक सामाग्रीको व्यवस्थापन गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण अध्यक्ष पदम उपाध्यायको संयोजकत्वमा सरोकारवाला निकायहरुको सहभागितामा १५ सदस्यीय समिति गठन भएको छ ।

प्रतिकृया दिनुहोस्