OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुरजकुमार सिंहचैत्र ४, २०७६सुर्खेत
६१२ पटक

२०७६ सुर्खेत, ४ चैत्र, मंगलबार : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बिमला केसी चढेको गाडी सोमबार बेलुका ५ः२० बजेतिर छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि हिडिरहेको थियो । भेरीगंगा नगरपालिकाको सप्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय केरा मन्त्री केसीले देखेपछि किन्ने भन्दै चालकलाई गाडी रोक्न भन्नुभयो । गाडी गतिमा भएकाले रोक्न खोजेको ठाउँ भन्दा एकसय मिटर टाढा गएर रोकियो ।
त्यति नै खेर दुईवटा नचिनेका ८÷९ वर्षका देखिने दुई बालिका आएर हामीलाई सुर्खेत लगिदिनोस्, हामी तपाईलाई पैसा दिन्छौं भन्दै कृषि मन्त्री केसीको चालकलाई गुहारे । उनीहरुले चालकलाई लिनका लागि निकै कर गरे । सायद उनीहरुले राजमार्गमा चल्ने धेरै गाडीलाई यसरी नै गुहारेका थिए । चालकसँग बोल्दै गरेका तिनी दुई बालिकातर्फ मन्त्री केसीको नजर गयो ।
उहाँले दुवैलाई आपूmकहाँ बोलाएर सोध्नुभयो, “नानी कहाँ हो घर ? तिमी दुवैजना यतिबेला कहाँ जाने हो ? तिमीहरुसँग कोही छैन त ? किन तिमी दुवै यतिखेर एक्लै हिडेको ?” दुईमा एक बालिकाले आत्तिदै भनिन्, “हाम्रो घर भ¥याङ खोरिया हो । त्यहाँबाट ३ घण्टा हिडेर आएको । हामी सुर्खेत बसपार्क मामा कहाँ जाने हो । अन्य प्रश्नको भने उनले उत्तर दिन चाहिनन् ।”
पुनःमन्त्री केसीले सोध्नुभयो, “तिम्रो मामाको नाम के हो ? बालिकाले भनिन् थाहा छैन । तिम्रो घरमा आमा बाबा छैन ? सानै छौं, तिमीहरु भागेर आएजस्तो लाग्छ,” मन्त्रीले प्रतिप्रश्न गर्नुभयो । आत्तिने बालिकाले रुँदै घरमा कान्छी आमा भएको र उनले गाली गर्दा घर छोडेर हिडेको सुनाईन् । हातमा प्लाष्टिकको झोलामा केही लत्ताकपडा बोकेकी उनले तारन्तार पैसा दिन्छु मामा घर पु¥याईदिन भन्दै मन्त्रीलाई आग्रह गरिरहिन् ।
तर बाँकी प्रश्नको उत्तर बालिकाले नदिएपछि मन्त्रीले ठिकै छ हामी लगेर तिमीहरुलाई प्रहरी कहाँ बुझाउँछौं भन्नुभयो । यो सुन्ने बित्तिकै दुवै भाग्न थालिन् । मन्त्रीले सम्झाई बुझाई गरेर उनीहरुलाई गाडीमा चढाउनुभयो । गाडी भेरी नदी नजिक पुगिसकेको थियो । सत्तरी भन्ने स्थानमा बालिकाका कोही आफन्त भेटिएमा बुझाउने सकिने भन्दै उहाँले चालकलाई गाडी मोड्न लगाउनुभयो ।
दुईसय ५० मिटर अघि पुगेपछि बालिकासहित मन्त्री केसी सत्तरी भन्ने स्थानमा झरे । संयोगवशः त्यहाँनेर दुवै बालिका अध्ययनरत मनिरामकाँडा आधारभूत विद्यालय भेरीगंगा नगरपालिका १ सुर्खेतका ईसिडी शिक्षिका ललिता बुढाक्षेत्री भेटिनुभयो । उहाँले मन्त्री ज्यू नमस्कार भन्दै दुवै बालिका भागेर गएको सुन्दा तिनलाई कसरी भेटाउने होला भनेर आपूm गाडी कुरेर बसेको बताउनुभयो ।
त्यतिबेला दुवै बालिका त्यतिबेला रुन थालिन् । सोध्दा उनीहरु घरमा आफूलाई गाली गर्ने, कुट्ने गरेकोले हिडेको बताउँथिन् । मन्त्री केसीले दुवैलाई सम्झाउँदै शिक्षिका बुढाक्षेत्रीलाई दुवै बालिकाको नाम, वतन, ठेगाना सोध्नुभयो । मन्त्रीको प्रश्नको जवाफमा शिक्षिका बुढाक्षेत्रीले दुवै बालिका भेरीगंगा नगरपालिका १ भ¥याङ खोरिया सुर्खेतका ९ वर्षीय दुर्गा सिंह र १० वर्षीय सुकमाया गुरुङ् रहेको बताउनुभयो ।
उहाँका अनुसार दुर्गा मनिरामकाँडा आधारभूत विद्यालय कक्षा ४ र सुकमाया कक्षा ३ मा अध्ययनरत छन् । उहाँले दुवै बालिकाहरु रु.३५० बोकेको र आजको वार्षिक परीक्षा नदिई भागेर ५ घण्टाको समयमा सुर्खेत–छिन्चु राजमार्गको सत्तरी भन्ने ठाउँमा पुगेको र परिवारले उनीहरुलाई खोजी गरिरेहको जनाउनुभयो ।
शिक्षिका बुढाक्षेत्री विद्यालयबाट विदा लिएर सुर्खेत पुग्न करिब ३ घण्टाको पैदल यात्रबाट राजमार्गमा बेलुका ५ः४० बजे पुग्नुभएको थियो । मन्त्री केसीले बालिकाहरु प्रति निकै दया राखी उनीहरुको ठूलो उद्धार गरेको भन्दै शिक्षिकाले उहाँप्रति कृतज्ञता प्रकट गर्नुभयो । साँझ परिसकेकोले बालिकालाई घर पु¥याउन सम्भव थिएन । जसका कारण उहाँले शिक्षिका बुढाक्षेत्री दुवै बालबालिकालाई आफ्नै गाडीमा चढाएर सुर्खेत ल्याउनुभयो । भोकले शिथिल भएका दुर्गा र सुकमायाको अनुहार नियाल्नुभएका मन्त्री केसीले मातृत्व प्रकट गर्दै आफूले किनेको केरा गाडीमा उनीहरुलाई खान दिनुभयो । अनि उहाँले दुवै बालिकालाई सुर्खेत वीरेन्द्रनगर खोर्के लाईनसम्म उद्धार गरेर शिक्षिका बुढाक्षेत्रीको जिम्मा लगाउनुभयो ।
उहाँले शिक्षिका बुढाक्षेत्रीलाई घरपरिवारलाई राम्रोसँग सम्झाएर बालिकाहरुलाई बुझाउन र उनीहरुलाई कुनैपनि मानसिक, शारीरिक र मनोवैज्ञानिक पीडा एवं तनाव नदिन सुझाउनुभएको छ । यद्यपि उनीहरुको सहि व्यवस्थापन गर्न नसिकए आफ्नो व्यक्तिगत पहलबाट पनि सहयोग गर्ने भन्दै जतिसक्दो चाँडो जानकारी गराउनसमेत मन्त्री केसीले आग्रह गर्नुभएको थियो ।
“सरकार अनि महिलामन्त्री भएकैले होला, उहाँले देखाएको मातृत्वले आज दुवै बालिकाको जीवन सुरक्षित छ । उद्धार होइन, परोपकार भएको छ” खुशी हुँदै शिक्षिक बुढाक्षेत्रीले भन्नुभयो, “अब दुवै नानीका अभिभावकलाई बोलाएर जिम्मा लगाउँछु र उनीहरुको मनोविज्ञानमा असर नपार्न अनुरोध गर्छु ।”

प्रतिकृया दिनुहोस्