OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी आश्विन २०, २०७८जुम्ला,
१००३ पटक

असोज २० गते । जुम्लाका स्थानीय तहको स्वास्थ्य शाखाहरुको बार्षिक कामको समिक्षा जिल्लामा सम्पन्न भएको छ ।

समिक्षामा बर्षभरी गरिएका कामको प्रगित, समस्या र चुनौतिका बिषयमा छलफल गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जानकारी दिएको छ ।

समिक्षामा यो बर्ष कोरोना भाईरस रोकथाममा स्थानीय तहमा भएका कामहरु र स्वास्थ्य सूचकहरुको आधारमा पालिकालाई पुरस्कृत गरिएको छ । यस पटक कोभिड प्रतिकार्य व्यवस्थापनमा सवैभन्दा उत्कृष्ट काम गरेको भन्दै कनकासुन्दरी गाउँपालिका सम्मानित भएको छ । यसैगरी हिमा गाउँपालिका प्रतिवेदन र व्यवस्थापनमा उत्कृष्ट पालिका भएको छ । हिमा गाउँपालिका स्वास्थ्य क्षेत्रको प्रतिवेदनमा प्रथम भएको स्वास्थ्य संयोजक रतनबहादुर रावतले जानकारी दिनुभयो ।

जिल्लाभर कोभिडको महामारीमा सवै स्थानीय तहले राम्रो काम गरेका र ति मध्यमा पनि केही मात्रै बढि राम्रो गर्ने स्थानीय तह मध्य कोभिड प्रतिकार्य व्यवस्थापनमा कनकासुन्दरी र प्रतिवेदनमा हिमा गाउँपालिका प्रथम भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटले बताउनुभयो । समिक्षामा स्थानीय तहका प्रमुख मध्य ज्येष्ठ सदस्य गुठिचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीबाट सम्मान सहित भित्ते घडिले पुरस्कृत गरिएको छ ।

यस बर्ष कोरोना पछि स्वास्थ्य क्षेत्रको जिल्ला स्तरीय समक्षिामा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजकको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो । समिक्षामा स्थानीय तहले आगामी दिनमा कसरी जाने भन्ने प्रारम्भिक छलफल समेत गरेका छन् ।

समिक्षामा गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले कोभिड महामारीमा स्थानीय तहले गरेको काम भुल्नै नहुने भन्दै यसमा उत्कृष्ट काम गर्ने पालिका र अन्य सवैलाई धन्यवाद दिनुभयो । समिक्षाको सहजीकरण तथा सहयोग स्वास्थ्यको सक्षम प्रणाली र एमडिआई नेपालले समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्