OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई,आश्विन २०, २०७८जुम्ला,
६३० पटक

असोज २० गते । प्रहरी दिवशको अवसरमा विभिन्न आन्दोलनमा ज्यान गुमाउने अमर प्रहरी र उनका परिवारलाई सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले ६६ प्रहरी दिवश मनाएको छ । प्रहरीले संगठनमा बलिदानी गर्नेका छोरो छोरी दुई जनालाई छात्रबृत्ति उपलब्ध गराएको छ । उनिहरुलाई रु पाँच हजारका दरले सहयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो । दिवसको अवसरमा अमर प्रहरी स्वर्गिय प्रहरी हवल्दार मोहनसिंह बुढाको छोरी ममता बुढा, स्वर्गिय जयबहादुर भण्डारीको सन्तती केशवबहादुर भण्डारीलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

दिवसको अवसरमा अमर प्रहरीका परिवारलाई, संगठनमा अनुशासित भएर काम गर्ने प्रहरी र भुतपूर्व प्रहरीलाई सम्मान गरिएको छ । प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, शशस्त्र प्रहरी बरिष्ठ प्रहरी उपरीक्षक गगन श्रेष्ठ सहित अतिथिहरुले सम्मान गर्नुभएको थियो । यसैगरी प्रहरीलाई जग्गा दान गर्ने व्यक्तिहरु पनि सम्मानित भएका छन् ।

प्रहरी दिवशको अवसरमा प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई सहित अतिथिहरुले अमर प्रहरीको स्मारकमा फुलमाल गुच्छाले सम्मान गरेर सम्झेका छन् । दिवसका प्रमुख अतिथि प्रजिअ प्रसाईले प्रहरी संघीयता सँगै झन बलियो र जनता प्रति उत्तरदायी हुदै आएकोमा गौरव लागेको बताउनुभयो । उहाँले प्रहरीको कामले जनतामा थप शान्ति सुरक्षाको ग्यारेन्टी तथा प्रेरण गर्न मिल्लेमा बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले प्रहरी दिवशको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पठाउनु भएको शुभकामना पढेर सुनाउनु भएको थियो । प्रनाउ थापाले प्रहरी अमर प्रहरी र भुतपूर्व प्रहरीको योगदानले उभिन पाएकोमा खुशी व्यक्त गर्दै अमर प्रहरीका दुई जना छोरा छोरीलाई उत्कृष्ठ अंकको आधारमा छात्रबृत्ति शुरुवात गरिएको जानकारी दिनुभयो ।

पूर्व प्रहरी नायव निरीक्षक टेकबहादुर शाहीले संगठनले सधै माया गरिरहेको देख्दा उर्जा आउने आउने गरेको बताउनुभयो ।
दिवशको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । प्रहरी निरीक्षक नविन थापा सहित विभिन्न ओहोदामा कार्यरत प्रहरीलाई सम्मान गरिएको हो ।

प्रतिकृया दिनुहोस्