OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआश्विन २०, २०७८जुम्ला ।
५५० पटक

खलंगा असोज २० गते । बालिका तथा किशोरीको अधिकार संरक्षण, संवद्र्धन र सशक्तीकरण गर्न एक दिनका लागि २२ वर्षीया किशोरी राज्यलक्ष्मी हमाल जुम्लाको सिँजा गाउँपालिका अध्यक्ष बन्नु भएकाे छ । उहाँ मंगलबार एक दिनका लागि पालिका अध्यक्ष बन्नु भएको छ ।

प्लान नेपालकाे सहयाेगमा लिड एण्ड डिसाईड परियोजना अन्तरगत हिंसा न्यूनिकरण गर्न र वालिका सवै वरावरी भन्ने सन्देस प्रवाह गर्न सो कार्यक्रम गरिएको आत्म सम्मानका लागि सहकार्य क्याड नेपालका परियोजना संयोजक सोमराज जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्लामा अभियान अन्तरगत हमाल पहिलो अध्यक्ष हुने अवसर प्रदान भएको हो ।

बालिका संरक्षण हकहितको वकालत गर्न हमाललाई एक दिने पालिका अध्यक्ष बनाइएको हो । किशोरीमाथि हुने दुव्र्यवहारको जोखिमबाट सचेत गराउन र संरक्षण प्रदान गर्न पालिका प्रतिबद्ध रहने हमालले बताउनुभयो ।
गाउँपालिका अध्यक्षको जिम्मेवारी पाएपछि हमालले भन्नुभयो, ‘हामी स्थानीय सरकारका लागि पालिका तहमा बालबालिका तथा किशोर–किशोरीको इन्टरनेटमा पहँुच र अनलाइन माध्यमबाट हुन सक्ने दुव्र्यवहारको रोकथाम गर्न प्रतिबद्ध गरेकी छु ।

 

पालिकाले प्लान इन्टरनेसनल नेपाल, हामी दाजुभाइ, आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लालगायत संघ–संस्थासँग सहकार्य गरी बालिका सबै बराबरी हुन भन्ने अभियानलाई स्थानीय स्तरमा अघि बढाएको उहाले बताउनुभयो । गाउँपालिका अध्यक्ष देवलसिंह रावलले स्थान दिएमा यूवालाइ उर्जा दिने र भविश्यमा काम गर्ने प्रेरणा मिल्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्