OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

छोटा खर्कमा आगलागी हुदा २५ भेडाका पाठा जले

लत्ताकपडा र भाडाकुडा सवै जलेर नष्ट

कोरपाटी संवाददाताआश्विन १९, २०७८जुम्ला,
८१४ पटक

खलंगा असोज १९ गते । हिमा गाउँपालिकाको भेडागोठालाको खर्कमा आगलागी हुदा दुई दर्जन बढि भेडाका पाठा सहित सामग्री सवै जलेर नष्ट भएका छन् ।

हिमा गाउँपालिका वडा नम्बर २ को लेकमा रहेको खर्कमा दिउसो आगलागी हुदा खर्कमा राखिएका २५ पाठा मरेका किसान विरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउसो खर्कमा कोही नभएको समयमा आगलागी हुदा खर्क पुरै जलेर नष्ट हुनुका साथै भेडाका पाठा, २० बढि राडी कम्बलहरु, अन्य लगाउने र विछ्याउने लत्ता कपडा र भाडकुडि समेत जलेर नष्ट भएका छन् ।

भेडापालक किसान दत्तबहादुर शाहीका ३, धनबहादुर रोकायाका ३ सहित १२ जना किसानका २५ पाठा जलेर मरेको जानकारी गरिएको छ । किसानहरुले क्षेतिको विवरण बड्की प्रहरी चौकीलाई जानकारी गराएका शिक्षक खम्वा शाहीेले जानकारी दिनुभएको छ ।

करिब ४ हजार मिटर उचाईमा रहेको खर्कनै जलेर नष्ट भएपछि ओत लाग्ने स्थान नहुदा आगो वालेर राति कट्टा गरिएको किसानहरुले बताएका छन् । चिसो बढि सकेको र धेरै सामुहिक खर्क जलेर नष्ट भएपछि दुःख भएको किसानहरुले जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस्