OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १८, २०७८जुम्ला,
५७६ पटक

१८ असोज २०७८,

नेत्र शाही जुम्ला,
खलंगा असोज १८ गते । नेपाली काग्रेस जुम्लाले जिल्ला अधिवेशन स्थगित गरेको छ । असोज १८ गते हुने भनेको जिल्ला अधिवेशन स्थगित गरेको हो ।
नेपालीको महान चाँड विजया दसैं पनि जनिकिएको र अधिवेशनको अवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत हसिना प्रधानको घरयासी कामले समय नमिलेको जिल्ला अधिवेशन स्थगित गरिएको पार्टी सभापति दीपबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले आगामी कार्तिक ३ गते गर्ने गरी जिल्ला अधिवेशन तोकेका छौँ तर यसमा पार्टी केन्द्रले १÷२ दिन अघिपछि पनि हुन सक्छ ।

वडापालिका, प्रदेश क र ख सवै अधिवेशन सम्पन्न गरेका छौँ । अब जिल्ला अधिवेशन मात्रै बाँकी रहेको सभापति शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांस वडामा सर्वसहमतिमै नेतृत्व चयन गरेका छौँ । । दुई वटा पालिकामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको हो । चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकामा निर्वाचन प्रर्णाली मार्फत नेतृत्व चयन भएको हो ।

जिल्लाका ८ वटा स्थानीय तह मध्ये सिंजा र गुठीचौर गाउँपालिकामा देउवा पक्षले पालिका सभापति पाएको छ । चन्दननाथ नगरपालिका, हिमा, कनकासुन्दरी, पातारासी, तातोपानी र तिलामा पौडेल समुहले नै पालिका सभापति प्राप्त गरेको हो ।

अधिकांस पालिका र वडामा सहमतिमा सभापति चयन गरेको काँग्रेसले क्षेत्रीय अधिवेशनमा सहमति गर्न सकेन । देउवा पक्षबाट विष्णुबहादुर शाही र पौडेल पक्षबाट लक्षिमन बोहरा प्रदेश क को उम्मेदवार बन्नुभएको थियो । त्यस्तै प्रदेश ख मा देउवा समुहबाट भिमनिधि हमाल र पौडेल समुहबाट कालिबहादुर बुढा उम्मेदवार हुनु भएको थियो । दुवै क्षेत्रमा पौडेल पक्षको प्यानललै विजयी भएको मतदान अधिकृतले जानकारी दिएका छन् । मतदान अधिकृत महतका अनुसार प्रदेश (क) का सभापति लक्षिमन बोहरा ४९८ मा २४९ मत ल्याएर विजयी भएका थिए । प्रतिस्पर्धी विष्णुबहादुर शाहीले २३१ मत प्राप्त गरे । त्यस्तै, पौडेल पक्षकै उपसभापति रुपबहादुर रोकायले २७९ र तिलकप्रसाद न्यौपानेले २५० मत प्राप्त गरी विजयी भए । प्रदेश ‘ख’ को निर्वाचनमा सभापतिमा कालीबहादुर बुढा विजयी भएका छन् । उनी पनि पौडेल समूहकै हुन् ।

२३ सदस्यीय प्रदेश क्षेत्रीय कार्यसमितिमा जुम्ला प्रदेश ‘क र ख’ दुवैमा पौडेल समूहले संस्थापनलाई किनारा लगाएको छ । यसैगरी १६ प्रदेश क्षेत्रीय प्रतिनिधिमा पनि सबै पौडेल पक्षका उम्मेदवारले जितेका छन् । कांग्रेस प्रदेश ‘क र ख’ मा पौडेल पक्षको जितसँगै संस्थापनलाई जुम्लामा झट्का लागेको छ ।

वर्तमान सभापति दीपबहादुर शाही पौडेल समूहका सभापति आकांक्षी हुन् भने देउवा समूहबाट सभापतिका लागि पार्टी सचिव कर्णबहादुर शाहीको नाम चर्चामा छ । नेता खड्क सेजुवाल, पूर्ववनमन्त्री भक्तबहादुर रोकाया, लंकबहादुर शाही र चन्दननाथ नगरप्रमुख कान्तिका सेजुवालको नाम चर्चामा छ ।

 

प्रतिकृया दिनुहोस्