OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कल्पना रावतआश्विन १८, २०७८जुम्ला,
७२१ पटक

१८ असोज २०७८,

खलंगा असोज १८ गते । यहाँको चन्दननाथ नगरपालिकामा बिपन्न तथा अपांगता भएका व्यक्तिहरुलाई राहात बितरण गरिएको छ ।
चन्दननाथ नगरपालिकाका १० वटै वडामा २५० जनालाई राहात बितरण गरिने लक्ष्य अनुसार आईतवार र सोमवार एक सय २५ जनालाई राहात बितरण गरिएको अपांग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाले जनाएको छ । केन्द्रका अध्यक्ष नन्दराज धितालका अनुसार प्रति व्यक्तिलाई ६० केजी चामल, सिमीको दाल १५ केजी, खाने तेल ५ लिटर, नून १ किलो, जिरा एक प्याकेट, चिनी ४ किलो, खुर्सानी १ प्याकेट, वेसार एक प्याकेट र सावुन २ वटा वितरण गरिएको छ । वाँकीलाई राहात बितरणको तयारी भईरहेको बताईएको छ ।

स्थानीय सरकारको समन्वयमा राहात वितरण गरिएको हो । सिविएम नेपालको सहयोगमा आईएनएफ नेपालले राष्ट्रिय अपांग महासंघ नेपाल सँग साझेदारी गर्दै कोरोनाका कारणले बिपन्न व्यक्तिलाई झन सकस भएको भन्दै राहात हुने भएकाले सहयोग गरिएको आईएन एफ नेपाल जुम्ला समावेशी कोभिड १९ तयारी तथा प्रतिकार्य योजनाका कार्यक्रम संयोजक फालुराम चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार परियोजना अन्तरगत चन्दननाथमा २५० जना र कनकासुन्दरीमा २५० जनागरि पाँचसय कोभिड प्रभावित र विपन्नलाई राहात बितरण गरिनेछ । कनकासुन्दरीमा मंगलवारबाट रहात वितरण हुनेछ । राहात वितरणमा कोरोना प्रभावित विपन्न व्यक्तिलाई प्रथामिकता दिईएको उहाँले जानकारी दिनुभयो । दुवै स्थानीय तहमा करिब एक करोड २९ लाखको राहात कार्यक्रम रहेको बताईएको छ । उनिहरुलाई लाभग्राही कार्ड समेत वितरण गरिएको छ । त्यो कार्डले अर्को पटक राहात दिन पनि सजिलो हुनेछ ।

दशैको अगावै ठूलो मात्रामा राहात पाएपछि विपन्न नागरिकलाई सहज भएको छ । चन्दननाथ नगरपालिका ४ का सम्झाना सार्कीले दशैमा कसरी खाने भन्ने चिन्ता थियो केही मात्रामा टरेको बताउनु भयो । वडा नम्बर ४ का धनमल सार्कीले यति धेरै राहात पाएकोमा खुशी व्यक्ति गरे उनिहरु अपांगता भएका व्यक्ति पनि हुन ।

प्रतिकृया दिनुहोस्