OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १७, २०७८काठमाडौं
५८५ पटक

१७ असोज २०७८,
खलंगा असोज १७ गते । भालुको आक्रमणबाट जुम्लाको गुठिचौरमा एकजनाको मृत्यू भएको छ ।

जुम्ला गुठिचौर गाउँपालिका ३ निवासी ८५ बर्षिय निमा लामाको मृत्यू भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी झरज्वालाका ईन्चार्ज असई कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउदै गर्दा बाटोमा हिड्दै गरेको अवस्थामा आक्रमण गरि भालुले मारिदिएको छ ।

भालुले मान्छे मारेपछि दिनभर झारज्वाला क्षेत्रमा तनाव भएको थियो । भालुले अन्य मानिसहरुलाई आक्रमण गर्न थालेपछि भने गोली हानेर भालुलाई मारिएको स्थानीयले जनाएका छन् । गाउँलेको गुहारमा सुरक्षा निकाय त्यहाँ पुगेर नियन्त्रणमा लिन खोजेको थियो तर खुला रुपमा मानिसलाई आक्रमण गर्न आएपछि भालु मारिएको डिभिजन बन कार्यालय जुम्लाका प्रमुख दिनेशखत्रीले जानकारी दिनुभयो । मृतक भालुलाई स्थानीय प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय, पत्रकार र स्थानीयको रोहोवरमा वनकार्यालयको प्रांगणमा गाडिएको छ ।

ज्येष्ठ नागरिक लामा गुठिचौरबाट बाटोमा दिउसो करिब ४ः३० बजे सदरमुकाम आउदै गरेको अवस्थामा भालुले आक्रमण गरेको थियो । भालुले पेट र छातिमा हानेर आक्रमण गरि मृत्यू भएको प्रहरीले जनाएको छ । भालु आउदा ज्येष्ठ नागरिक लामा दौडन नसकेर आक्रमण भएको गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जानकारी दिनुभएको छ ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, शशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ, प्रहरी नायव उपरीक्षक दानबहादुर थापा सहितको टोली पुगेर फर्किएको छ । खुला रुपमा मानिस मार्दै भालु हिडेको थाहाँ पाएपछि प्रमुख जिल्ला अधिकारी प्रसाई झारज्वाला पुग्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्