OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआश्विन १६, २०७८काठमाडौं
१६९३ पटक

१६ असोज २०७८, शुक्रबार

सत्ता गठबन्धनको नेतृत्व गर्दै आएका प्रमुख दलहरु मध्य नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनको यतिबेला राष्ट्रिय सम्मेलन चर्चामा छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीवार काठमाडौंमा एक भव्य कार्यक्रमका बीच सम्मेलनको उद्घाटन गर्नुभयो ।। उक्त सम्मेलनको उद्घाटनपश्चात् बन्द सत्र पनि शुरु भएको छ ।

बन्द सत्रले नयाँ नेतृत्वको चयन गर्ने अख्तियारी लिएको छ । विद्यार्थी नेता रञ्जित तामाङले नेतृत्व गरेको संगठनको बन्द सत्रले नयाँ नेतृत्वको बाटो खुलाएको छ । नयाँ नेतृत्व लिन भने अखिल क्रान्तिकारीको ईतिहासमा पहिलो महिला विद्यार्थी नेता कर्णालीबासी पञ्चासिंह मैदानमा उत्रिनु भएको छ ।

स्रोतका अनुसार उपाध्यक्ष सिंह र सुरेन्द्र बस्नेत मध्य एक जना अखिल नेपाल क्रान्तिकारी संगठनको केन्द्रीय अध्यक्षको प्रमुख दाबेदार रहेका छन् । ती बाहेक संगठनका अन्य पदाधिकारीहरुको पनि दाबी रहेको बताईएको छ । तर अहिले केन्द्रीय अध्यक्षको दावी गर्ने त्यो तहमा एक मात्र विद्यार्थी महिला नेता पञ्चासिंह हुन् । सिंहको माओवादी वृतमा मात्रै होईन, नेपाली विद्यार्थी राजनीतिमा चासोको विषय बनेको छ ।

एमाले निकट अनेरास्ववियुले हिजो रामकुमारी झाक्री, नविना लामा र आज सुनिता बरालसहितका व्यक्तिहरु विद्यार्थी नेतृत्व दिँदा हालसम्म माओवादीको भातृ संगठन विद्यार्थीहरुको नेतृत्वमा महिला पुग्न नसकेको स्थिति रहेको छ ।

तर यतिबेला  कर्णालीको माटोमा जन्मिएकी तर नेपालको राजनीतिक भूगोल बुझेकी पञ्चासिंह अध्यक्ष दावी गर्ने प्रमुख नेताको रुपमा मैदानमा उत्रिएकी छन् । अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा मा सहमतिको रुपमा नेतृत्व चयन गर्ने यसबेलाको माओवादी हेडक्वाटरको निर्देशन रहेको बुझिएको छ । सिंह विद्यार्थीको प्रमुख नेतृत्वमा पुग्ने अवस्था रहे अखिल क्रान्तिकारी विद्यार्थी संगठनको नेपाल र माओवादी आन्दोलनकै ईतिहासमा रेकर्ड हुनेछ ।

नेपालमा समावेशिताको सिद्धान्तलाई स्थापित गर्दै युगान्तकारी परिवर्तन ल्याउने माओवादी आन्दोलन र नेतृत्वले सम्भवतः सिंहलाई न्याय गर्ने माओवादी भित्र र बाहिर चर्चा चलिरहेको छ । विद्यार्थी महिला नेतृत्व क्षमताका आधारमा सबै प्रदेशमा स्थान दिन जरुरी रहेको भाव पनि व्यक्त गर्न थालिएको छ ।

को हुन पञ्चासिंह ?

अखिल क्रान्तिकारी विद्यार्थी संगठनको ईतिहासमा सम्भावित अध्यक्षको रुपमा रहेकी पञ्चा सिंहको साविक कर्णाली कालिकोट जिल्लाको महावु गाउँपालिका ४ सिमखेत स्थायी ठेगाना हो । आमा कमला र बाबा स्यानु सिंहकी छोरी पञ्चा माओवादी आन्दोलनमा विसं. २०५८ जेठ २१ गते माओवादीको पूर्णकालीन सदस्य बनेकी थिईन् ।

क्रान्तिकारी विद्यार्थी एरिया अध्यक्ष हुदै, २०५८ साल असोजमा जिल्ला समिति सदस्य, २०५९ मा जिल्ला कमिटी कोषाध्यक्ष, २०६० मा जुम्ला कालिकोटको अध्यक्ष, २०६२ मा कालिकोटको अध्यक्ष, २०६४ को १७औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य, २०६५ फाल्गुन को एकता भेलाबाट सचिवालय सदस्य, २०६७ को राष्ट्रिय सम्मेलनबाट सचिवालय सदस्य तथा साविक भेरी कर्णाली प्रदेशको संयोजक बनेकी थिईन् ।

त्यसैगरी, विसं. २०७२ को राष्ट्रिय भेलाबाट केन्द्रीय सचिव तथा भेरी कर्णाली प्रदेशको ईन्चार्जसमेत बनिन् । संगठनको २०औं विस्तारित बैठकबाट केन्द्रीय उपाध्यक्ष भएकी छन् । सिंह एकताको २१औं राष्ट्रिय सम्मेलनबाट केन्दीय उपाध्यक्ष निर्वाचित मात्र होइन, सर्वाधिक भोट ल्याएर सम्मेलनको ‘म्यान अफ द ईलेक्सन’ बन्न सफल भएकी थिईन् ।

सम्मेलनले अध्यक्ष, ३ खुल्ला उपाध्यक्ष, ४ समावेशी उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, प्रदेशबाट ८ सचिव, समावेशीबाट ५ सचिव र ए कोषाध्यक्ष गरेर २५ सदस्यीय पदाधिकारी तथा १९९ ‘सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ ।

प्रतिकृया दिनुहोस्