OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ९, २०७८काठमाडौं
५५० पटक

महिला अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनलाई केही महिनाअघि क्यान्सर रोगको पुष्टि भएको थियो । अधिकारकर्मी कविता श्रीवास्तावाले सामाजिक सञ्जाल ट्वीटरमार्फत भासिनको निधनको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘हाम्रो प्रिय मित्र कमला भासिनको २५ सेप्टेम्बर बिहान ३ बजे निधन भएको छ । दक्षिण एसियाली क्षेत्र र भारतमा महिला अभियानका लागि यो ठूलो धक्का हो । कठिनाइका बीच पनि उनले सधैँ आफ्नो जीवन खुसी साथ बिताइन् । कमला तिमी सधैँ हाम्रो हृदयमा रहिरहनेछौँ ।’

भासिनको जन्म सन् १९४६ अप्रिल २४ मा राजस्थानमा भएको थियो । उनका पिता डाक्टर थिए । ६ सन्तानमध्ये उनी चौथो थिइन् । उनले संगत नामक महिलाहरुको सञ्जालमा गरेको कामका लागि चिनिन्छन् । उनको कविता ‘क्यूँ कि मे लड्की हुँ, मुझे पढ्ना हे’ निकै चर्चित रहेको छ ।

३५ वर्षभन्दा बढी उनले विकास, शिक्षा, लिङ्ग, मिडिया र अन्य क्षेत्रका मुद्दाहरूको बारेमा काम गरिन् । सन् १९७२ मा उनले राजस्थानमा एउटा संस्था स्थापना गरेर त्यहाँका गरिबहरूको सशक्तीकरणमा काम गरिन् । सन् १९७६ देखि २००१ सम्म उनले संयुक्त राष्ट्रको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) मा काम गरिन् ।

सन् २००२ मा उनले संयुक्त राष्ट्रबाट राजीनामा दिएर उनले संगतको सुरुवात गरिन् । उनी यसको संस्थापक सदस्य र सल्लाहकार रहेकी थिइन् ।

प्रतिकृया दिनुहोस्