OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ८, २०७८जुम्ला
१८६२ पटक

८ असोज २०७८, शुक्रबार

जुम्ला सदरमुकाम खलंगामा असोज १ गतेदेखि शुरु भएको फुटबल प्रतियोगिताको क्रममा सार्वजनिकस्थलमा एक प्रहरी अधिकृतले अश्लील शब्द प्रयोग गरी खेलाडीहरुलाई गालीगलौच गरेका छन् ।

प्रतियोगिताको आठौं दिनमा शुक्रबार भैरवनाथ र ढाण थपला युवा क्लब जुम्लाबीच फुटबल खेल भएको थियो । खेल भईरहेको समयमा दुवै पक्षबीच विवाद शुरु हुँदा त्यसलाई नियन्त्रणमा लिन प्रहरी त्यहाँ पुगेको थियो । उक्त विवादको क्रममा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नविन थापाले सार्वजनिकस्थलमै खेलाडीहरुलाई मा……..जस्तो अश्लील शब्द प्रयोग गरी गाली गरेका थिए ।https://m.facebook.com/story.php?story_fbid=890496238529574&id=100027076176725  भिडियाे लिंक सागर परियारकाे सामाजिक संजालबाट

प्रहरी निरीक्षक थापाले सार्वजनिकस्थलमा अश्लील भाषा मात्र प्रयोग गरेका थिएनन् त्यससँगै उनले मैदानमा भिडियो लिईरहेको पत्रकारको मोबाईल खोसेर २० मिनेट नियन्त्रणमा राखेर दुर्व्यवहार गरेका थिए । निरीक्षक थापाले बोलेको अश्लील भिडियो अहिले सामाजिक सञ्जालमार्फत बाहिरिएको छ ।

पत्रकार सागर परियारले खेलमैदानको भिडलाई नियन्त्रण लिन पुगेको प्रहरीले आफ्नो मोबाईल खोसेको र माग्दा नदिएको बताए । उनका अनुसार पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई, पत्रकारहरु विजय रावत, अमृत बुढाथोकीमगर र स्थानीयको दबाबमा २० मिनेटपछि प्रहरीले मोबाईल फिर्ता दिएको थियो ।

उक्त फुटबल खेलमा भएको घटनाका विषयमा सोधपुछ गर्दा जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवन चौधरीले दिउसो खेल मैदानमा झगडा भएको सुनिएको तर पत्रकारमाथिको दुर्व्यवहारका विषयमा जानकारी नभएको बताए ।

नागरिकको सुरक्षार्थ खटिएको प्रहरी अधिकृतले सार्वजनिकस्थलमै असभ्य भाषा प्रयोग गरेको भिडियो सामाजिक सञ्जाल फिजिएपछि अहिले चौतर्फी आलोचना भईरहेको छ । यसका साथै पत्रकारहरुमाथि प्रहरीले गरेको दुर्व्यवहारले प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताए ।

।https://m.facebook.com/story.php?story_fbid=890496238529574&id=100027076176725

प्रतिकृया दिनुहोस्