OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआश्विन ८, २०७८जुम्ला,
१६४३ पटक

८ असोज २०७८
जुम्ला । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै जादा दिन प्रतिदिन राजनिति वहश बढेको छ । कांग्रेसको राजनितिमा तत्कालिन नेता गिरिजा प्रसाद कोईराला, शुशिल कोईराला र हाल रामचन्द्र पौडेल नेतृत्वको समुहको जुम्ला जिल्लाको नेतृत्व गर्दै आउनु भएका संविधानसभाका सदस्य ललितजंग शाही अहिले रामचन्द्र पौडेलको समूह छोडेर शेरबहादुर देउवा प्यानलमा लाग्नु भएको छ । शाहीले आफु अव देउवा प्यानलमा लागेको बताउनु भयो ।

टेलिफोनमा उहाँले पार्टीभित्रै ओल्लो कोठा र पोल्लो कोठा बस्नु स्वभाविक भएको बताउनुभयो । यस बिषयलाई चिललाई पहाड जस्तै गर्न आवश्यक नरहेको भन्दै स्वभाविक रहेको बताउनुभयो । संविधानसभा सदस्य ललितजंग शाहीले यो कुनै पार्टी परिवर्तन गरेको जस्तो नभएर पार्टी भित्र विचारको आधारमा देउवा पक्षलाई समर्थन रहेको जानकारी दिनुभयो । उहाँले अहिलेको निर्वाचनमा देउवा पक्षमा आफ्नो समर्थन रहेको स्पष्ट पार्नुभयो ।जुम्लामा सभापितमा सकरभर सहमतिनै गरेर लैजाने प्रयास भएकोमा उहाँको भनाई छ ।

वि.सं २०७० सालमा जुम्लाबाट संविधानसभाको सदस्य निर्वाचित शाहीले नेतृत्व गरेको जुम्लाको कांग्रेस राजनिति बलियो रहदै आएको छ । सो समयमा बलियो मानिएको नेकपा माओवादी दुई टुक्रा हुदा निर्वाचन कांग्रेसको हातमा परेको थियो । शाही  संघीय सांसद जित्ने जुम्लाको पहिलो काग्रेस नेता हुनहुन्छ ।

तत्कालिन समयमा जुम्लामा देउवा प्यानलको नेतृत्व गर्दै आउनु भएका सभापति मानव सेजुवालको अर्घाखाचीमा जहाँज दुर्घटनामा निधन भएपछि उपसभापति दिपबहादुर शाहीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी काधमा आयो । दिपबहादुर शाही त्यसपछि निर्वाचनमा रामचन्द्र पौडेल नेतृत्वको खेमाबाट जिल्ला सभापति हुनुभयो । जुन प्यानलको नेतृत्व नेता ललितजंग शाहीले गर्दै आउनु भएको थियो ।

कांग्रेस सभापति दिपबहादुर शाही सभापितमा आएपछि त्यो पक्ष बलियो देखिन्छ तर ललितजंग शाहीको समुह परिवर्तनले यो निर्वाचन देउवा र रामचन्द्र पक्षविच सन्तुलित लडाई पनि हुन सक्ने बजार वहश हुन थालेको छ ।
हालका सभापति दिपबहादुर शाही फेरी पनि सभापतिको उम्मेदवार हुनुहुन्छ । बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका शाही र देउवा पक्षबाट कर्णबहादुर शाहीको नाम बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएको पार्टीभित्रका नेता बताउछन् ।
नेता ललितजंग शाहीको गुटपरिवर्तन पछि करिब दुई सय कार्यकर्ता देउवा पक्षमा लाग्ने देउवा पक्षका एक यूवा नेताले बताउनुभयो । तर नेता शाहीले भने अवस्था वदलिन पनि सक्छ, नहुन पनि सक्ने बताउनुभयो ।

तस्बिर लतितजंग शाहीको सामाजिक सञ्जालबाट

प्रतिकृया दिनुहोस्