OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २, २०७८सुर्खेत
३७३ पटक

२ असोज २०७८ शनिबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले समय सीमाभित्र बजेट कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारलाई अनुरोध गरेको छ ।

केन्द्रका प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले दशैं अघि नै बाढीपीडितको छाना र नानाको बन्दोबस्त गर्न, संवेदनशील एवं जटिल प्रकृतिका रोगीहरुको उपचारमा सहयोग पुर्याउन, सीमान्तकृत वर्ग, समुदाय र घाईते अपाङ्गहरुको जीवनयापनमा बदल्ने गरी कार्यक्रम अगाडि बढाउन अनुरोध गरिएको छ ।

दलका प्रमुख सचेतक ठम्मर विष्टले आज बैठकमा गरिएका निर्णयहरु सार्वजनिक गर्दै मुख्यमन्त्री रोजगार र पूर्वाधार विशेष कार्यक्रमलाई परिणाममुखी बनाउन दलको बैठकले तोकेको समय सीमाभित्र कार्यान्वयन तथा शिक्षा, स्वास्थ्य, र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखी योजना छनौट गर्न सरकारलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।

महिला, दलित लक्षित कार्यक्रम, अल्पसंख्यक सीमान्तकृत वर्ग समुदाय (बादी, गाइने, राजी, राउटे, कुसुन्डा, बोटे) लगायतका अल्पसंंख्यक एवं लोपोउन्मुख समुदायको कार्यक्रमलाई शीघ्र कार्यान्वयन गरी उनीहरुको कठिन जीवनयापनलाई सहज बनाउने काममा जोड दिन पनि सरकारलाई सुझाईएको प्रमुख सचेतक विष्टले बताउनुभयो ।

उहाँका अनुसार कोभिड–१९ बाट मृत्यु भएका परिवार र अन्य संवेदनशील क्यान्सर, मृगौला, मुटु, हेड एण्ड स्पाइनल इन्जुरी, पार्किन्सन र अल्जाइमर्सलगायतका बिरामीहरुलाई राज्यवाट पाउने सेवा सुुविधाको लागि तत्काल कार्यविधि बनाई उनीहरुलाई क्षतिपूर्ति दिन प्रदेश सरकारसँग आग्रह गरिएको छ ।

बैठकमा प्रदेश समृद्धिको महान अभियानमा प्रमुख प्रतिपक्षलगायत संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण दलहरु, सरकारमा आवद्ध गठबन्धन दलहरु, पत्राकार, नागरिक समाज, बुद्धिजीवि, व्यवसायीलगायत आम जनतासँग सहकार्य, समन्वय र हातेमालो गर्दै अगाडि बढ्ने संकल्प गरिएको नेकपा माओवादी केन्द्र प्रदेश संसदीय तलले बताएको छ ।

 

प्रतिकृया दिनुहोस्